अमेरिकी आर्थिक वृद्धिदर ३ वर्षयताकै सुस्त

वैशाख १६, वाशिङटन डीसी (अमेरिका) । सन् २०१७ को पहिलो त्रैमासमा अमेरिकी आर्थिक वृद्धिदर सुस्ताएको छ । उपभोक्ता खर्चमा आएको उच्च कमीका कारण आर्थिक वृद्धिदर सुस्ताएको हो । त्यहाँको वाणिज्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा अर्थतन्त्र शून्य दशमलव ७ प्रतिशतले मात्रै बढेको छ ।

वृद्धिको यो आकार अघिल्लो त्रैमासको तुलनामा निकै कम हो । अघिल्लो त्रैमासमा अर्थतन्त्र २ दशमलव १ प्रतिशतले बढेको थियो । यो वृद्धिदर सन् २०१४ को पहिलो त्रैमासयताकै सुस्त हो । सो अवधिमा अमेरिकी जीडीपी १ दशमलव २ प्रतिशतले बढेको थियो । सन् २०१६ को अन्तिम त्रैमासमा मौसमी समायोजन पछि साढे ३ प्रतिशत रहेको उपभोक्ता खर्च मार्च त्रैमासमा शून्य दशमलव ३ प्रतिशतले मात्रै बढेको छ ।

पहिलो त्रैमसमा आर्थिक प्रर्दशन सुस्ताएपनि वर्षको बाँकी रहेको अवधिमा अर्थतन्त्र सुदृढ दरमा बढ्ने अपेक्षा गरिएको छ । रासस÷एपी