दोस्रो नेपलिज कन्भेन्सन जुन अन्तिममा ड्यालसमा

ड्यालस (अमेरिका) – गत वर्ष लसएन्जसलमा युवा हरुको नेतृत्वमा भएको पहिलो नेपलिज अमेरिकन कन्भेन्सनलाई निरन्तरता दिदै एस वर्ष टेक्सासको डालस यही जुन अन्तिम साता सम्मेलन हुँदैछ ।

यही जुन ३० देखि २ जुलाईसम्म हुने सम्मेलनले एफवान ग्रुप र नेपाली समाज टेक्ससबीच सहकार्यको सुरूवात हुने जानकारी बास बिस्सुले दिए । अमेरिकाकै ठुलो र राम्रो संस्थामा पर्ने नेपाली समाज टेक्सासले एफवान ग्रुपसँगको सहकार्य गरेर सामुदायिक गतिविधिलाइ अझै सशक्त बनाउने अध्यक्ष कृष्ण लामिछानेले बताए ।
युवाहरुले अघि सरेको कार्य लाई आफ्नो संस्थाले खुलेर सहयोग गर्ने महासचिब कमल सत्यलले राखेका थिए । खेलकुद लाई बिसेस प्राथमिकता सहित, कल्चुरल, फेसन, कन्सर्ट, डिजे, साना बालबालिकाका लागि स्पेल्लिन, डिबेट जस्ता र फोरमहरू समावेश छन् ।