निर्वाचनमा उम्मेदवार हुने पत्रकारलाई महासङ्घको कार्यसमितिबाट राजीनामा दिन आग्रह
By Manohari Paudel
२८ जेष्ठ २०७४, आईतवार १५:४१

काठमाडौँ, जेठ २८ गते । । नेपाल पत्रकार महासङ्घले निर्वाचनमा उम्मेदवार हुन चाहने पत्रकारलाई महासङ्घको कार्यसमितिबाट राजीनामा दिन आग्रह गरेको छ ।
“महासङ्घका कुनै पनि तह, केन्द्र, प्रदेश, जिल्ला कार्य समितिभित्र पदाधिकारी वा सदस्य रहिरहेको व्यक्ति कुनै पनि राजनीतिक पदको निर्वाचनमा उम्मेदवार हुने भएमा महासङ्घको विधानको अक्षर र भावनाबमोजिम उम्मेदवार हुनुअघि महासङ्घको कार्यसमितिबाट राजीनामा गर्नुहुन आग्रह छ”– महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
राजीनामा नगरी उम्मेदवार भएमा कार्यसमितिको पद स्वतःरिक्त भएको मानिने महासङ्घले जनाएको छ । महासङ्घले कार्यसमितिमा रहेकाबाहेक अन्य पद वा साधारण सदस्य रहिरहेका हकमा राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भएकाले नैतिक रूपमा महासङ्घको सदस्यता तथा पत्रकारिताबाट अलग रहेको स्वयम् घोषणा गर्नसमेत महासङ्घले आह्वान गरेको छ । त्यसबारे नीतिगत छलफल महासङ्घको आगामी महाधिवेशनमा गरिने उल्लेख गरिएको छ । रासस
सम्बन्धित शीर्षकहरु

पाकिस्तानी विमान मलेसियाको कब्जामा ! २ माघ २०७७, शुक्रबार १४:४०

नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने २ माघ २०७७, शुक्रबार १४:३२

चीनमा पुन: ११५ जना कोरोनाका नयाँ संक्रमित भेटिए २९ पुष २०७७, बुधबार १५:०५

भारतमा शनिवारदेखि कोरोना खोप लगाउने तयारी, शुरुमा ३० करोड मानिसलाई खोप दिइने २७ पुष २०७७, सोमबार १४:५८

सुनचाँदी व्यवसायी महासंघमा शाक्य निर्वाचित २६ पुष २०७७, आईतवार १५:४७

अमेरिकी उपराष्ट्रपति पेन्स बाइडेनको सपथ कार्यक्रममा उपस्थित हुने २६ पुष २०७७, आईतवार १५:२५

न्यायालय र मिडियाले यसरी जोगाए अमेरिकामा लोकतन्त्र
२ माघ २०७७, शुक्रबार १४:४९
ट्रम्पविरुद्धको महाअभियोग प्रकरण : मतदान गर्ने सांसदलाई ‘सुरक्षा खतरा’
२ माघ २०७७, शुक्रबार १४:४४
पाकिस्तानी विमान मलेसियाको कब्जामा !
२ माघ २०७७, शुक्रबार १४:४०
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
न्यायालय र मिडियाले यसरी जोगाए अमेरिकामा लोकतन्त्र २८ जेष्ठ २०७४, आईतवार १५:४१
मिहिर शर्मा नयाँ दिल्ली , अमेरिकी राष्ट्रपति..

ट्रम्पविरुद्धको महाअभियोग प्रकरण : मतदान गर्ने सांसदलाई ‘सुरक्षा खतरा’ २८ जेष्ठ २०७४, आईतवार १५:४१
