विश्वकै होचा स्व.डाँगीको मूर्ति इटहरीमा स्थापना

इटहरी, जेठ ३१,

विश्वमा अहिलेसम्मकै होचो व्यक्तिका रूपमा गिनिज बुक अफ् वल्र्ड रेकर्डमा नाम लेखाएका स्व. चन्द्रबहादुर डाँगीको स्मृतिमा इटहरीमा मूर्ति स्थापना गरिएको छ । इटहरी नजिकैको तालतलैया पार्कमा उनको मूर्ति स्थापना गरिएको हो ।
उनको सम्मान स्वरूप इटहरी सुनसरी लियो क्लबले उक्त मूर्ति स्थापना गरेको हो । वि.सं. १९९६ साल मंसिरमा सल्यान रामपुर–८ मा जन्मेका डाँगीको ०७२ साल भदौ २३ मा निधन भएको थियो ।