यसरी हेर्नुहोस् एसईईको नतिजा

०२ अषाढ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नजिता प्राप्त गर्न का लागि टेलिफोन, एसएमएस र वेबसाइटको व्यवस्था भएको पनिकाले जनाएको छ ।

नतिजा हेर्नको लागि लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको  www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको  www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np  मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिनेछ भने नेपाल टेलिकमको १६००, एनसेलको १६००मा एसएमएसको व्यवस्था गरिएको छ । त्यसैगरी ३१००३, ३५५६६, ३३६२४, ३५००१ र ३४९४९ मा पनि एसएमएस गर्न सकिने पनिकाले जनाएको छ ।