ईदमा वरिष्ठ नेता रामचन्द्र पौडेलको शुभकामना

काठमाडौं, ११ असार । नेपाली काँग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले इस्लाम धर्मालम्वीहरुको महान पर्व ईद ( इदुल्ल फित्र ) का अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान धर्मालम्वीहरुमा सुख, शान्ति र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले एक शुभकामना वक्तव्य जारी गरी नेपालमा बुहभाषा, बहुधर्म, संस्कृति र परम्परा रहेको र यसैका कारण आपसमा सहिष्णुता, मेलमिलाप र भाईचार अभिवृद्धि हुन पुगी आपसमा राष्ट्रिय मेलमिलापको भावना जागृत हुने गरेको प्रसंग उल्लेख गर्दै यसप्रकारका पर्वले मुलुकसामु आईपर्ने समस्या समाधान गर्न समेत उत्प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।