विराटनगर महानगरमा गठबन्धनलाई पछि पार्दै कांग्रेस अगाडी

काठमाण्डाै, १७ असार – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम छ । मेयरमा कांग्रेसका भीम पराजुलीले २ हजार ६७ मत र उपमेयरमा इन्दिरा कार्कीले १ हजार ७ सय ४७ मत पाइन् ।

एमालेका उम्मेदवार विनोद ढकालले १ हजार ४ सय ६२ मत र उपमेयरमा नेपाल लोकतान्त्रिक फोरमका सूचि चौधरीले ८ सय ५० मत ल्याएर पछ्याईरहनुेका छन् । विराटनगरमा एमाले र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको तालमेल रहेको छ । नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले तालमेल गरेको भए पनि यो गठबन्धन तेस्रो स्थानमा छ ।