नेपाल लोकतान्त्रिक फोरम पार्टीले नवलपरासीबाट खाता खोल्यो

नवलपरासी, असार १८ – नवलपरासिको सरावल गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका राधेश्याम चौधरी ५ हजार ४५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उत्तमा राय ४ हजार ४ सय ५८ मत ल्याएर विजयी हुनुभएको छ । अध्यक्षमा प्रतिपस्र्धी कांग्रसका उम्मेदवारले ३ हजार ९ सय १६ र उपाध्यक्षका प्रतिस्पर्धी फोरमका उम्मेदवारले ४ हजार ३ सय ४३ ता ल्याउनुभयो ।