माओवादी गढ मानिने रोल्पामा जितको स्वाद चाख्दै एमाले र कांग्रेस

रोल्पा, असार १८,

दश स्थानीय तह रहेको रोल्पामा हालसम्म परिणाम घोषणा भएका नौ स्थानमध्ये नेकपा (माओवादी केन्द्र)ले ६ स्थानमा जित्दा नेकपा (एमाले) दुई र नेपाली कांग्रेस एक स्थानमा जित निकाल्न सफल भएका छन्। ७२ वटा वडा रहेको जिल्लामा हालसम्म मतपरिणाम सार्वजनिक भइसकेका ७० वडामध्ये कांग्रेसले १५, नेकपा एमालेले ११, नेकपा माओवादी केन्द्रले ४४ र स्वतन्त्रले दुई वडामा जित हासिल गरेका छन्।

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका पूर्ण केसीले पाँच हजार ६३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकाका लेखनाथ आचार्यले ३,८२७ मत प्राप्त गरे।

यसैगरी, सोही नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै मनकुमारी घर्तीले ५,६६८ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकांकी मिश्री हमालले ३,७२१ मत प्राप्त गरिन्। लुङ्ग्री गाउँपालिकामा नेकाका दुर्गा खड्काले ३,११५ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तुलाराम खड्काले २,९१० मत प्राप्त गरे। यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा नेकाकै भीमकला बुढाथोकीले ३,२७७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मनखना घर्तीले दुई हजार ९३९ मत प्राप्त गरे।

रुन्टीगढी गाउँपालिकामा नेकपा एमालेका बालाराम बुढाले ३,४०२ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकाका टेकबहादुर बस्नेतले ३,२७९ मत प्राप्त गरे। सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै छमाया पुनले ३,४५२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकांकी सरिता केसीले ३,३७९ मत प्राप्त गरे।

त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका शान्तकुमार ओलीले २,५६० मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गङ्गाप्रसाद घर्तीले २,३३६ मत प्राप्त गरे। सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै साबित्रा बुढाले दुई हजार ५४० मत प्राप्त भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लालसरी घर्तीले २,३३३ मत प्राप्त गरेका छन्।

दुईखोली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमकान्त डाँगीले ४,६०८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकाका झक्कु घर्तीले १९८९ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी भए। बुढाले ४,६०८ प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकांकी लक्ष्मी डाँगीले १,८९९ मत प्राप्त गरिन्।

थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका वीरबहादुर घर्ती १,९९० मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अमित घर्तीले १,०५० मत प्राप्त गरे। यसैगरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रामकिरणी रोकाले १,९६९ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी श्रीकुमारी रोकाले ९९५ मत प्राप्त गरेका थिए।

सुनछहरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका आशबहादुर बुढाले ८२८ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन्। पुनका निकटतम प्रतिद्वन्द्वी नेकाका दुर्गाबहादुर घर्तीले ६३६ मत प्राप्त गरेका थिए। सो गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका पवित्रा घर्तीमगरले ८७४ मत प्राप्त गरी विजयी भएका छन्। उपाध्यक्षमा उनका निकटतम प्रतिद्वन्द्वी नेकांका भिमली बुढाथोकीले ६३५ मत प्राप्त गरे।

सुकीदह गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरबहादुर केसीले २,४१४ मत ल्याई अध्यक्ष पदमा विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोशनकुमार ओलीको २,२८० मत रहेको थियो। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै रीताकुमारी घर्तीले २,३९९ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निर्मला ओलीले दुई हजार २१५ मत प्राप्त गरे।

माडी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नन्दबहादुर पुनले ३,१८२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकाका गोपाल घर्तीले २,६२१ मत प्राप्त गरे। सोही गाउँपालिकाको उपाध्यक्ष नेकपा माओवादी केन्द्रका धनिकला घर्तीले ३,२५१ मत प्राप्त गरी विजयी भएका छन्। उपाध्यक्षमा नेकपा एमालेका प्रेम घर्तीले २,६८९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी रहे। रासस