नेपाल एयरलाइन्सलाई अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र

२०७४ आषाढ २० , मंगलवार,
काठमाण्डौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको छ । निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो ।

अन्तर्राष्ट्रिय प्रमाणपत्रले निगमको सेवा अन्तर्राष्ट्रिय मापदण्डको भएको बताउँदै निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले यसले व्यावसायिक सफलतामा थप टेवा पुग्ने बताए । ‘आइएटिएज सेफ्टी अडिट फर ग्राउन्ड अप्रेसन’ विश्वका ग्राउन्ड ह््यान्डलिङ गर्ने उत्कृष्ट एयरलाइन्सलाई सर्टिफाइ गर्छ ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड सर्भिस प्रोभाइड’ गरेबापत अन्तर्राष्ट्रिय प्रमाणपत्र पाएको हो । यसको दुई वर्षीय अवधि हुन्छ ।