३०४ को नतिजा सार्वजनिक, १३२ तहसहित एमालेको अग्रता

असार २१ बुधबार, काठमाडौं ।

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म ३०४ तहको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्मको अन्तिम मतपरिणामअनुसार ३०४ तहको नतिजा सार्वजनिक भएको हो ।
नेकपा एमालेले अहिलेसम्म १३२ तहमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले अहिलेसम्म जम्मा ११६ तहमा विजय हासिल गरेको छ ।
माओवादी केन्द्र ३६, संघीय समाजवादी फोरम नेपाल ६, नेपाल लोकतान्त्रिक पार्टी ६, राप्रपा ४, राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्र २ निर्वाचित भएका छन् ।
३३४ तहका लागि भएको निर्वाचनमा बाँकी तहको मतपरिणाम सार्वजनिक हुन बाँकी नै छ ।