दानबीर श्री पराजुली

नेपालय
न्युयोर्क
नामको अगाडी श्री जोडने चलन त चली आएकै थियो जो कसैले पनि कामकाजमा श्री चलाउदै आएका छन् तर श्री पराजुली जसरी नामको अगाडी श्री राखिएको थियो त्यसरी नै न्युयोर्कको रिजउडमा पनि सामुदयिक भबन तथा दुर्गा मन्दिर बनाउनका लागी भने आफ्नो ब्यक्तिगत काम भन्दा पनि अगाडी रख्दै आएका थिए तर आज आफैले ब्यक्तीगतरुपमा नै एक लाख एक हजार एक सय एघार डलर सहयोग गरेका छन् ।
पोखरा घर भई न्युयोर्कमा लामो समयदेखी बसोबास गर्दे आएका दानबीर श्री पराजुली अमेरिकामा हुने हरेका किसमका कार्यहरुमा सहयोग गर्दे आएका छन् । सहयोग गर्ने क्रममा पराजुलीले सबै नेपालीहरुको सहयोगले अब छिटै नै सामुदायिक भबन तथा दुर्गा मन्दिर बन्नेमा ढुक्क रहेको बताँएका छन् ।
धन भएर मात्र हुदैन मन पनि श्री पराजुलीको जस्तो भइृदिएको भए आज न्युयोर्कमा समुदायिक भबन बन्न एतिका समय पक्कै पनि लाग्ने थिएन् । उनै दानबीर श्री पराजुलीबाट धन भएका तर मन फुकाउन नसकेकाहरुले सिक्नु पर्ने देखिन्छ । सन ्२०१० मा उनी अध्यक्ष हुदा मन्दिर निर्माणका लागी जग्गा खरिद गरिएको थियो । बिभिन्न सघं सस्धामा आबद्ध श्री पराजुली बिगतमा एनआरएनमा उपाध्यक्ष समेत रहेका थिए ।