कास्की समाज अमेरिकाका अध्यक्ष गुरूङद्वारा विधालयलाई सयोग

पोखरा २२ पुस ।

कास्कीको मादी गाउँपालिका – ८ पाखुरीकोट नागीधार स्थित प्रभात आधारभुत विधालयलाई हाल अमेरिकाको बाल्टिमोर निवासी भुपु विधार्थी कुलप्रसाद गुरूङले १ लाख १८ हजार १ सय बराबरको कम्प्युटर, प्रिन्टर्स, टेबुल लगायतको सामाग्री सहयोग गरेका छन् ।

मादी -८ नागीधार पुर्ख्यौली घर भइ हाल अमेरिका बस्दै आएका सोही विधालयका भुपु विधार्थी कुलप्रसाद गुरुङले सो सामाग्री विधालयलाई सहयोग गरेका हुन ।

नागीधार सिर्जनशिल युवा क्लबका सल्लाहकार, कास्की समाज अमेरिकाका अध्यक्ष तथा एके फाउन्डेसनका संस्थापक, चलचित्र निर्माता एवं नायक कुलप्रसाद गुरुङ्ले आफू पढेको विधालयलाई सहयोग गर्न पाउँदा आफु खुशी भएको र सबैले आ आफ्नो क्षेत्रबाट विधालयलाई सहयोग गर्न अनुरोध समेत गरे । आफुले सो विधालयको सहयोगका लागि अमेरिकाको बाल्टिमोरमा च्यारिटि सो समेत गरेको बताए ।

गत २०७२ सालको भुकम्पले सो विधालयको भवन जोखिम अवस्थमा रहेकोले विधालयले सबैलाइ सहयोगको आह्वान गर्दै आएको भुपु विधार्थी एवं नेपाली काङ्ग्रेस कास्कीका जिल्ला सदस्य ओमप्रकास गुरुङ बताए ।