हेम्ज़ा कल्याणकारी समाज अमेरिकाको अध्यक्षमा निरज सापकोटा

श्रावण ३० अमेरिका (न्युयोर्क) – नेपालको सुन्दर नगरी पोखरा महानगरपालिका अन्तरगत वडा नं २५ हेम्जा देखी अमेरिका आएर विभिन्न राज्यमा वस्दै आएका हेम्जाली दाजुभाई दिदी वहिनीहरुले न्युयोर्कमा बनभोज सहितको भेला आयोजना गरि हेम्ज़ा कल्याणकारी समाज अमेरिका गठन गरेका छन् ।

भेलाले अध्यक्षमा निरज सापकोटालाई सर्बसम्मतले चयेन गरेको छ भने क्रमस: उपाध्यक्ष गंगा थापा, महासचिब अनिल कुँवर, सचिब नबिन अधिकारी, कोषाध्यक्ष पदम दहाल र सदस्यहरूमा जनक कुँवर, वुद्वी खड्का, अभिनय अधिकारी, लक्ष्मी केसी, विनोद कार्की, गोविन्द कुँवर, लक्ष्मी वाॅस्तोला, सरोज खडका, ध्रुव पौडेल, आषिश थापा र सुभद्रा सापकोटा रहेका छन ।

तिन सय भन्दा वढी संख्यामा हेम्जाली दाजुभाई दिदी वहिनी अमेरिकामा रहेको र पारस्परिक एकता सौहार्दता र आत्मिय सम्वन्धलाई अझ वढी गाढा वनाउनको लागि कम्तिमा वर्षको एकपटक प्रतक्ष्य भेटघाट गरि पारिवारिक वातावरणमा आपसी दुख सुख साट्ने, रमाईलो गर्ने भावना र उद्वेश्यले वनभोज कार्यक्रम आयोजना गरेको समाजका एक सल्लाहकार बिश्व बास्तोलाले जानकारी दिनुभयो ।

समाजका अन्य सल्लाहकारहरूमा गंगाधर त्रिपाठी, टेक वहादुर कुंवर, निरज केसी, ध्रुव कुंवर, टेकराज अधिकारी, विरू कुंवर, मोहन केसी, हरि खडका, अशोक राना, अर्जुन थापा, केदार पौडेल, राजीव पौडेल, मूक्तिराम तिम्सेना, विदुर सापकोटा र मूक्तिराम अधिकारी लाई चयन गरिएको छ ।

हेम्ज़ा पोखराको बृहत्तर हितमा काम गर्दै जाने र अन्य संघ संस्थाहरू संग पनी सहकार्य गर्ने नेपाल र नेपालीको हितको लागी काम गर्न हेम्ज़ा कल्याणकारी समाज अमेरिका गठन भएको अध्यक्ष निरज सापकोटाले जानकारी गराएका थिए ।Image may contain: 10 people, people smiling, people standing and outdoor