बुद्ध एयरको पोखरा–विराटनगर सिधा उडान शुरु

पोखरा २० माघ ।
गण्डकी प्रदेश र प्रदेश नं. १ सिधाहवाई मार्ग बाट जोडिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरा देखि प्रदेश नं. १ को राजधानीविराटनगर सीधाजहाज सञ्चालनमाआएको हो । सोमबार बुद्ध एयर को १८ सिटेनाईन एन् ए ई डब्लुजहाजले विराटनगर बाट पोखरापहिलो पटक उडान गरेको हो । बुद्ध एयरलेहप्ताको ३ दिन सोमवार, बुधवार र शुक्रवार पोखरा—विराटनगर जहाज सेवा सञ्चालनगर्नेछ ।
दुवै प्रदेश पर्यटनको प्रचुर संभावनाभएको प्रदेश भएकाले हवाई सेवाको माध्यामबाट पर्यटक अदानप्रदानमा सहयोग पुग्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार र प्रदेश नं. १ सरकारले पोखरा—विराटनगर सिधाहवाई सेवा शुरुवातगर्ने निर्णय गरेको थियो ।
पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेटमा उडान गर्ने समय तालिकातय भएको बुद्ध एयरलायन्स कम्पनीपोखराका स्टेशनम्यानेजर गौतम बरालले जानकारी दिनुभयो ।अहिले हप्तामातीनदिन सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तयारी गरेका छौँ,उहाँले भन्नुभयो,”माग बढ्दै गएमाठुलो जहाज र दैनिकउडान गर्ने सोच गराएकाछौँ, ।
पोखरा बिराटनगरको हवाई यात्रा १ घण्टाको रहनेछ । उडान शुल्क नेपाली र भारतीलाई ६ हजार २ सय रुपैया र विदेशीलाई १ सय ३० डलर लाग्ने छ । सोमबार पहिलो पटक बिराटनगर बाट पोखरा उडान भरेका पाईल्ट शैलेस राउतर जहाजमा सवार पर्यटकहरुलाई गण्डकी प्रदेश उद्योग,पर्यटन,वन तथावातावरण मन्त्रालयको टिम र बुद्ध एयरका कर्मचारीहरुले पोखरा विमानस्थलअवतरण गर्नासाथखादा,फुलमाला र अबिरले सम्मान गरेका थिए ।
जहाज सेवाले पर्यटन प्रवद्र्धनमा टेवाःमन्त्रीलम्साल
पोखरा देखि विराटनगरउडानले पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश भ्रमण बर्ष २०१९—२०२२ लाई टेवापुग्ने गण्डकी प्रदेशकाउद्योग,पर्यटन,वन तथावातावरण मन्त्रीविकास लम्सालले बताउनुभयो । पर्यटकीय हिसाबले अत्यान्तै महत्वपूर्ण प्रदेशको रुपमा परिचितदुई प्रदेश गण्डकीप्रदेश र प्रदेश नं. १सिधाजहाज उडानले दुई प्रदेशको सम्बन्धलाई समेत सिधाजोडेको बताउदै अब गण्डकी प्रदेश—प्रदेश नंं.१ लाई नयाँपर्यटकिय प्याकेजको रुपमाविकास गरिने बताउनुभयो ।यसबाट दुवै प्रदेश मात्रनभई भारतकापर्यटकलाई समेत फाइदापुग्ने बताउदै मन्त्रीलम्सालले पोखरा—विराटनगर हवाई सेवा शुरुवातभएकोमाखुसीव्यक्तगर्नुभयो ।
सगरमाथा, पाथीभरा, हलेसी,ईलामचियाबगानलगायतका क्षेत्रहरु १ नं.प्रदेशको पर्यटकीय क्षेत्रहरु भएको र गण्डकी प्रदेशकाधौवलागिरी,अन्नपूर्ण,माच्छापुच्छ«े हिमाल,मुक्तिनाथ,पर्यटकीय शहर पोखरा,अन्धगल्छी लगाएतकापर्यटकीय गन्तव्यमा घुम्न आउने पर्यटकहरुलाई अब हवाई सेवाले सिधाजोडेकोले प्रदेश १ र गण्डकी प्रदेश घुम्न चाहाने पर्यटकले अब झन्झट व्योहोर्नु नपर्ने मन्त्रीलम्सालको भनाई थीयो ।