बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा ३ फागुन ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराले आफ्ना ब्यवसायीक साथीहरुका बिचका एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशब खत्रीले ब्यवसायी साथीहरुको हकहितको लागी आफुले जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको बताउदै अहिले पोखरा महानगरपालिका तथा ट्राफ्रिक कार्यालयले अब्यबाहारीक नियम बनाएको बताउदै महानगरपालिकाले उचित पार्किङ ठाँउको ब्यवस्था नगरीनजेल जनताले सडकको एकतर्फ सवारीसाधनहरु पार्किङ गर्न पाउनुपर्ने बताए । खत्रीले ग्राहकहरुलाई गुणस्तरीय सामानहरु लिनको लागी पोखराको एक मात्र ठाँउ बुद्ध विशाल बजार रहेको बताउदै चाडैन बुद्ध विशाल बजारको पुननिर्माणको काम सम्पन्न हुन लागीरहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा एशोसियसनका मानार्थ सदस्य सुदिप ढकालले ब्यवसायी साथीहरुले कसरी हुन्छ आफ्नो ब्यवसायमा प्रगती गद्र्रे जानु पर्ने बताए । एशोसियसन निवर्तमान अध्यक्ष प्रदिप मुल्मीले बुद्ध विशाल बजार ग्राहकहरुको पहिलो रोजाई रहेको बताउदै समय अनुसार बजारलाई पनि थप सुविधा सहित पुननिर्माण गरीएको बताए ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका महासचिव ईन्द्र अर्यालले सन्चालन गरेको अन्तरक्रिया तथा बनभोज कार्यक्रममा स्वागत मन्तव्य एशोसियसनका उपाध्यक्ष शिव शर्माले गरेका थिए भने कार्यक्रममा कानुनी सल्लाहकार जगनाथ ढकाल खेलकुद संयोजक थमनसिह गुरुङ कोषाध्यक्ष राजु के.सी लगाएतले बोलेका थिए । कार्यक्रममा ब्यवसायीहरुले बुद्ध विशाल बजारको ब्यवसाय प्रर्वद्दनको लागी विभिन्न सुझावहरु दिएका थिए । अन्तरक्रिया तथा बनभोज कार्यक्रममा ब्यवसायी साथीहरुको विचमा विभिन्न मनोरन्जन तथा खेलकुदका कार्यक्रमहरु समेत गरिएको थियो ।