तरुण दल मादी ८ ले पाखुरीकोट नागीधरमा भलिबल प्रतियोगिता सन्चालन गर्ने

पोखरा ६ फागुन ।
कास्कीको मादी गाउँपालिका ८ मा अगामी फागुन १६ गतेबाट वडा/गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

नेपाल तरुण दल मादी -८ वडा कार्य समितिले आयोजान गर्ने प्रतियोगिता प्रभात आधारभुत विधालय पाखुरीकोट नागीधार को खेलमैदानमा हुनेछ ।

मादी -८ नागीधार गाउँ निबासी समाजसेवि एवं नेपाली काङ्ग्रेसका नेता स्व. गन्जमान गुरुङ र मादी -८ पाखुरीकोट गाउँ निबासी समाजसेवि एवं नेपाली काङ्ग्रेसका नेता शहिद स्व. सुवेदार रतनसिङ गुरुङको संयुक्त स्मृतिमा सो भलिबल प्रतियोगिता सन्चालन गर्न लागिएको प्रतियोगिताका सल्लाहकार संयोजक एवं नेपाली काङ्ग्रेस कास्कीका जिल्ला सदस्य ओमप्रकाश गुरुङले बताए ।

भलिबल संगै रस्साकस्सी, छेलो प्रतियोगिता साथै सास्कृतिक कार्यक्रम गरिने भएको छ । भलिबल तर्फ प्रथम बिजेतालाई नगद ३५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ भने दोस्रो बिजेतालाई नगद २५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ ।

भलिबल प्रतियोगिताका लागि दर्ता शुल्क प्रती टिम २ हजार लाग्नेछ । त्यस्तै रस्साकस्सी तर्फ प्रथम बिजेता समुहलाई नगद ५ हजार साथमा प्रमाणपत्र दिइनेछ भने दोस्रो बिजेता समुहलाई नगद ३ हजार साथमा प्रमाणपत्र दिइने नेपाल तरुण दल मादी -८ का सदस्य एवं प्रतियोगिता प्रचार संयोजक यमन गुरुङले जानकारी दिए ।
छेलो तर्फ प्रथम बिजेतालाई नगद ३ हजार साथमा ट्रफि, प्रमाणपत्र र दोस्रो बिजेतालाई नगद २ हजार साथमा ट्रफि, प्रमाणपत्र दिइनेछ ।

रस्साकस्सी र छेलो प्रतियोगिता दुबैका लागि दर्ता शुल्क भने लाग्ने छैन । प्रतियोगिता संगै १७ गते बेलुका बृहत सास्कृतिक कार्यक्रम समेत गरिने भएको छ । मादी डान्स आइडल बिजेता सोफि शाही, नव उदायमान गायिका उषा गुरुङ, अब उदायमान कलाकार रोशन घले साथै स्थानीय युवा क्लबहरुको विशेष सास्कृतिक प्रस्तुती हुने प्रतियोगिताका सास्कृतिक संयोजक रोशन घलेले बताए । गत सालबाट शुरु गरिएको सो प्रतियोगिता यस वर्ष समेत निरन्तरता दिन लागेको हो । गत साल १७ टिम सहभागी भएको थिए ।
गत साल शहिद स्व. सुवेदार रतनसिङ गुरुङको स्मृतिमा नेपाल तरुण दल मादी -८ वडा कार्य समितिले आयोजना गरेका थिए भने स्व. गन्जमान गुरुङको स्मृतिमा ३ वर्ष अघि नागीधार सिर्जनशिल युवा क्लबले निरन्तर ३ वर्ष आयोजना गरि खेलमैदान अपायक भएकाले स्थगित गरिएको थियो ।
हाल नागीधार गाउँमा ब्यवस्थित खेलमैदान बन्दैछ ।

आफ्ना नेताहरुको सम्मान तथा उहाहरुले समाजमा गरेका योगदानहरुको मुल्यांकन गर्दै यस वर्षबाट संयुक्त रुपमा नेपाल तरुण दल मादी -९ र नेपाली काङ्ग्रेस मादी -८ र ९ को संयोजनमा नेपाल तरुण दल मादी -८ वडा कार्य समितिले प्रतियोगिता आयोजना गर्न लागेको तरुण दल मादी -८ का सभापति नरेश गुरुङले बताए । प्रतियोगिताले यस क्षेत्रको पर्यटन प्रवर्द्धन, प्रचार प्रसारमा विशेष टेवा पुर्याउने आयोजकले विश्वास लिएका छन् ।

शुभेच्छुक सम्पुर्ण लाई निमन्त्रणा साथै सहयोगको समेत तरुण दल मादी -८ वडा कार्य समितिद्वारा आह्वान गरिएको प्रतियोगिताका अर्थ संकलन संयोजक राजिन्द्र अधिकारीले बताए ।