थ्रिस्टार आहा–रारा गोल्डकपको सेमिफाइनलमा

फागुन २६, पोखरा ।  पोखरामा जारी आहा – रारा गोल्ड कपको तेश्रो क्वाटरफाइनलन खेलमा थ्री स्टारले पाहुना टोली गान्तोक फुटबल क्लब भारतलाई ३–० गोलको फराकिलो जित निकाल्दै सेमिफाइनलको यात्रा तयार गरेको छ ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थ्रिस्टारले दोस्रो हाफको ७९ औँ मिनटमा खेलमा अग्रता लिएको थियो। थ्रिस्टारका लागि संजोग राईले गोल गरेका थिए। उनले निशान खड्काको पासलाई मैदानको मध्यभागबाट अगाडि बढाउँदै गोलमा परिणत गरेका हुन्। थ्री स्टारका लागि ईन्जुरी समयको २ मीनेटमा जर्सि नं १० का सुसन श्रेष्ठले गोल गरे । लगत्तै ईन्जुरी समयको तेश्रो मीनेटमै उनले दोश्रो गोल गरेका थिए ।

खेलमा २ गोल गर्ने सुशान श्रेष्ठ म्यान अफ दिम्याच घोषित हुँदै सहारा युकेले प्रदान गर्ने नगद ५ हजारका साथा ट्रफी प्राप्त गरे । उनलाई सहारा युकेका महासचिब धनु थकाली र कार्यसमिती सदस्य मिलन तमुले नगद र ट्रफी प्रदान गरेका थिए ।

थ्री स्टारले सेमिफाइनलमा नेपाल पुलिस क्लबसंग फागुन २८ गते खेल्ने छ । भोलिको अन्तिम क्वार्टर फाईनल खेल संकटा क्लव र त्रिभुवन आर्मि क्लवबीच हुनेछ ।