प्रजातन्त्र सेनानी स्व. कुँवरको योगदान प्रशंसानिय छः पुर्व महामन्त्री रानाभाट

पोखरा, फागुन २७ ।
प्रजातान्त्रिक सेनानी नेपाली कांग्रेस कास्कीका नेता स्व.सोभियत बहादुर कुँवर को ९२ बर्ष को उमेरमा न्यूमोनियाका कारण काठमाडौंको ग्रान्डि अस्पतालमा असामहिक निधन भएको थियो ।
नेपाली कांग्रेसका अभिभावक समेत रहनुभएका स्व.सोभियत बहादुर कुँवरलाई यस देश र नेपाली कांग्रेसले सदैव स्मरण गर्नेछ । २०७६ फागुन १६ गतेका दिन असामहिक निधन भएका स्व. कँवर एउटा इतिहास हुनुहुन्थ्यो ।
स्व. सोभियत बहादुर कुंवरको श्रद्धाञ्जली सभालार्ई सम्बोधन गर्दै नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं पुर्व सभामुख तारानाथ रानाभाटले स्वं कुँवर आफ्नो जिवनकालमा गरेको यो देश र नेपाली कांग्रेस संगठन प्रतिको योगदान सराहनीय र प्रशंसा योग्य रहेको बताउनुभयो ।
उहाँले रानाभाटले स्व. कुँवर एउटा समाजसेवी र राजनीतीक व्यक्तीत्व भएको भन्दै प्रजातन्त्र र मुलुकको सदैव वास्ता र चिन्तन गर्ने व्यक्तित्व भएको समेत बताउनु भयो ।
सभामा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले स्व. कुँवरले पार्टीलाई लगाएको गुन कहिल्यै बिर्सन नहुने भन्दै नेपाली काँग्रेसको सच्चा सिपाहीको रुपमा निरन्तर लाग्नु भएको स्मरण गर्नुभयो । उहाँको निधनले पार्टीलाई अपुर्ण क्षति पुगेको भन्दै केसीले श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
नेपाली काँग्रेस कास्कीका नेता प्रजातन्त्र सेनानी सोभित बहादुर कुँवरको योगदान अतुलनिय रहेको कास्की कांग्रेस वडा न.६ इकाईका सभापति बलराम गिरी बताउनुुभयो । उहाँले देशलाई प्रजातन्त्रमा ढाल्नका निम्ति गर्नुभएको संघर्षबारे समेत चर्चा गर्नुभयो ।
श्रद्धाञ्जली सभामा उपस्थीत नेपाली कांग्रेसका नेता एवं पुर्व कानुन मन्त्री यज्ञ बहादुर थापा, कांग्रेस नेता रामजी कुंवर, कांग्रेस नेता लक्ष्मी भट्टराई लगायतले स्व.सोभियत बहादुर कुँवर कांग्रेसको अभिवाबक भएको भन्दै उहाँले यस समाज, देश र कांग्रेस बनाउन अपनाउनु भएको सहि निति अनुसरण गर्नु नै उहाँ प्रतिको सहि श्रद्धाञ्जली हुने भनाई राख्नुभएको थियो ।
श्रञ्द्धाजली सभामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थीति रहेको थियो । कार्यक्रमको संचालन कांग्रेस वडा न.६ इकाईका सहसचिव पवित्रा थापाले गर्नुभएको थियो ।
२०३६ सालको जनमत संग्रहका बेला बहुदलीय प्रचार–प्रसार अभियानमा आफ्नो घर पोखरा लेकसाईडमै सचिवालय स्थापना गरि सचिवको रुपमा कार्य गर्दे राजनितिमा अगाडि बढ्नुभएका उहाँ निक्कै हक्की स्वभावका नेताको रुपमा चिनिनुहुन्थ्यो ।
तत्कालिन बेलामा प्रौढ संगठनको जिल्ला सभापतीमा बिजयी बन्नुभएका उहाँलाई पञ्चायतले निलम्बन गरेको थियो भने उहाँका सहपाठि कांग्रेस नेता रामचन्द्र त्रिपाठी समेत निष्कासनमा पर्नुभएको थियो ।
केन्द्रिय स्तरका अधिकांश नेताहरु उहाँको निवासमा पुगेर संगठन निर्माण लगायतका विभिन्न आन्दोलनका गतिविधि अगाडि बढाएको बताईन्छ ।
२०४६ सालको जनआन्दोलको तयारीका लागी नेपाली कांग्रेसका नेता स्वर्गिय कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला लगायतका नेताहरु पोखरा आई उहाँकै निवासबाट आन्दोलनको तयारी पूरा गर्नुभएको उहाँका सहकर्मी प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यले स्मरण गर्नुभयो ।
कुँवरका श्रीमती, २ छोरा र ६ छोरी हुनुहुन्छ ।