भाडा छुट दिन बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको माँग

मनोहरि पौडेल,

चैत पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराको आकस्मिक बैठकले विश्वमा माहामारीको रूपमा फैलिएको कोरोना भाईरसलेनिम्ताएको समस्याप्रति सम्पुर्ण ब्यवसायीहरूलाई सचेत गराएको

एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीको अध्यक्षतामा भएको बैठकले कोरोना समस्याले गर्दा ब्यवसायमा देखिएको मन्दीलेसम्पुर्ण ब्यवासयीलाई ठुलो समस्या परेको भन्दै हाल त्रैमासिक बैक व्याज तिर्ने बेलामा निकै अप्ठायरो परेको बताउदै कम्तिमा ४५ दिनपछाडि तिर्न मिल्ने वातावरण बनाइदिन नेपाल सरकार तथा सम्वनधित निकायलाई आग्रह गरेको

एशोसियसनले हाल देखिएको आर्थिक मन्दीले व्यवसाय चौपट्ट भएको बताउदै न्युनतमा एक महिनाको भाँडा छुट गरी व्यवसायीलाईराहात दिनको लागी पोखरा महानगरपालिका भित्रका घर बहाल लगाउने घर धनि तथा कम्पनीलाई अनुरोध समेत गरेको

हाल  देखिएको कोरोना भाइरसको प्रकोप प्रति सचेत हुदै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले विशाल बजारका सम्पुर्णशौचालयमा ह्ययाडवासको व्यवस्था गर्नुको साथै एशोसियसनका सचिव बुद्वि कुँवरको संयोजकत्वमा पाँच सदस्यीय आकस्मिक स्वास्थ्यउपसमिति गठन गरेको एशोसियसनले विशाल वजारमा कोरोना भाइरस सम्वन्धि परामर्श केन्द्र समेत सन्चालनमा ल्याएको