बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनद्धारा बजार बन्द गर्ने निर्णय

पोखरा, ९ चैत ।

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराको पदाधिकारी  बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन अर्को सुचना प्रकासित नभएसम्म चैत १० गते बाट अर्को सुचना प्रकासित नभएसम्म बजार भित्रका सम्पूर्ण ब्यापारिक प्रतिस्ठानहरु बन्द गर्ने निर्णय गरेको छ ।

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराका अध्यक्ष केशववहादुर खत्रीका अनुसार  विस्वभरि नै माहामारिको रुपमा देखिएको कोरना भाइरसको प्रकोपबाट सतर्क रहन अाफ्ना सदस्यलाइ अर्को सुचना प्रकासित नभएसम्म भोलिदेखि बुद्ध विशालबजार भित्रका सम्पूर्ण ब्यापारिक प्रतिस्ठान बन्द गर्ने निर्णय गर्दै दुबैतर्फको गेट मध्ये चिप्लेढुङ्गा तर्फको गेट पुर्णरुपमा बन्द रहने र महेन्द्रपुल तर्फको गेट अामशिक खुल्ला रहने बताएका छन् ।

खत्रीका अनुसार विषम परिस्थितिमा भाडा, बैंक ब्याज,त्रैमासिक ब्याज , किस्ता लगाएतमा सम्पूर्ण ब्यबसायीलाइ प्याकेज मार्फत सम्बोधन गर्न नेपाल सरकार ,सम्बन्धित मन्त्रालय , सम्पूर्ण घरधनी लाई अनुरोध गर्ने निर्णय गरेकाे बताए ।