सर्बेश्वर ब्यवसायी समितिका अध्यक्ष पनेरु र महासचिब थापाद्धारा घर भाडामा ५०% छुट दिने घोषणा

पोखरा १० चैत । सर्बेश्वर ब्यवसायी समितिका अध्यक्ष यकनारायण पनेरु र संस्थाका महासचिब तुल बहादुर थापाले आफ्नो घर भाडामा ५०% छुट दिने घोषणा गरेका छन् ।

ब्यवसायी माझ देखिएकोआर्थिक तरलता र ब्यवसाय बन्द जस्ता कार्यबाट पर्न गएको असुबिधालाइ ध्यानमा राखी अाफ्नो घरमा ब्यवसाय गर्ने ब्यवसायीलाइ सर्बेश्वर ब्यवसायी समितिका अध्यक्ष यकनारायण पनेरु र संस्थाका महासचिब तुल बहादुर थापाले आफ्नो घर भाडामा ५०% छुट दिने घोषणा गरेका हुन् । पनेरु र थापाको घोषणालाइ सम्पुर्ण उद्योगी ब्यवसायीले स्वागत गरेका छन् ।

यसै बिच सर्बेश्वर ब्यवसायी समिति पोखरा ४ पन्थी गल्लीको अाकस्मिक बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन अर्को सुचना प्रकासित नभएसम्म चैत १० गते बाट अर्को सुचना प्रकासित नभएसम्म बजार भित्रका सम्पूर्ण ब्यापारिक प्रतिस्ठानहरु बन्द गर्ने निर्णय गरेको छ ।

सर्बेश्वर ब्यवसायी समितिका महासचिब तुल बहादुर थापाका अनुसार समितिको आकस्मिक बैठकले बिश्वभर महामारिको रुपमा फैलियको सरुवा भाइरस ( covid 19) को बिषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले अवलम्बन गरेको सुरक्षा नितिको पालना गर्दै कोरना भाइरसको प्रकोपबाट सतर्क रहन अाफ्ना सदस्यलाइ अर्को सुचना प्रकासित नभएसम्म आफ्नो पसल बन्द गरि राज्य्ले अपनाएको सुरक्षा नितिलाइ अवलम्बन गर्नको लागि सम्पुर्ण ब्यवसायीलाइ अनुरोध गरेकाे छ । Rajan Thapa को फोटो।