पोखरा १२ द्वारा २ सय ८३ परिवारलाई राहत वितरण,हालसम्म ४ लाख बराबर सहयोग

पोखरा २४ चैत । पोखरा महानगरपालिका वडा नं नम्बर १२ द्वारा कोरोना भाईरसबाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दे अति विपन्न, मजदुर २८३ घर परिवारलाई आइतबार र सोमबार गरि राहत वितरण गरेको छ । उक्त राहत वितरणको उदघाटन वडा अध्यक्ष राम बहादुर कार्कीले आइतबार लालीगुराँस शान्ति टोलबाट गर्नुभएको थियो ।

 

विभिन्न व्यापारी , संघ संस्था , पार्टी र व्यक्तिले वडा मार्फत राहत संकलनमा  गरेको थियो । वडा मार्फत उक्त संकलित राहत हिजो लालीगुराँस शान्ति टोलमा ५९ मौलाबौद्ध मिनि मार्गमा ३४ , लाली गुराँस टोल विकास समिति ३०, कुडहरचोक थापा मार्ग ४१ परिवार गरि जम्मा १६४ घर परिवारलाई राहत वितरण गरिएको थियो भने आज वडाका विभिन्न ठाउँमा वितरण गरिएको थियो । क्रमश अन्य टोलमा समेत वितरण गरिदै जाने वडाले जनाइएको छ ।

राहत वितरणमा वडा सचिव लगायत पाँचै जना जनप्रतिनिधिको सहभागीता रहेको वडा सदस्य विश्णु माया लमिछानेले बताउनु भयो ।