बरालडाँडा तमु समाजका पुर्व अध्यक्ष डम्वर गुरुङको युकेमा निधन

पोखरा ।
बरालडाँडा तमु समाज पोखरा १२ का पुर्व अध्यक्ष डम्वर गुरुङको युकेमा निधन भएको छ ।
विगत केहि समय देखि अस्वस्थ रहनुभएका गुरुङको चैत १३ गते युकेमा निधन भएको हो । कास्कीको मादी गाँउपालिका ११ बरालडाँडा निवासी गुरुङको जन्म २०१३ साल भदौ १९ गते कास्कीको मादी गाँउपालिका ११ बरालडाँडामा भएको थियो । गुरुङको बाल्यकाल देखी युवा अबस्था सम्म गाँउमा ब्यतित गर्नुभएको थियो । गुरुङले साधरण शिक्षा गाँउ र पोखरामा हाँसिल गर्नु भएको थियो ।
गुरुङको मुख्य अभिरूची भनेको गित र संगित थियो । त्यस बेला त्यस भेगका एउटा होनाहार कलाकार रुपमा उहालाई लिइन्थीयो । मिठो स्वरको धनी र नृत्यमा अब्बल उहाँ उक्त समयमा गाँउको कल्पना ठेटर त्यस भेगमा नै उत्कृष्ट मानिन्थ्यो र त्यसको मुख्य पात्र डमर गरुङनै हुनुहुन्थयो । गाँउले भाषामा भन्नुपर्दा सधैं रंगरस गर्नुपर्ने रंगिलो ब्यक्ती हुनुहुन्थ्यो र साथै गाँउको भलिबल टिमको एउटा राम्रो खेलाडी पनि हुनुहुन्थ्यो । सोही क्रममा वहाँ बृटिस सेनामा भर्ती हुनुभयो । कार्यकाल समाप्त पछि पेन्सन आउनु भयो र पुनः जागिरको अबसर प्राप्त भएर ब्रुनाई जानु भयो । त्यहाँबाट पनि अबकास भए पछि स्वदेश फर्कनु भयो । त्यस पछि उहाँ बरालडाँडा समाज पोखराको नेतृत्व सम्हालेर सामाजिक कार्य गर्न समर्पित हुनुभयो ।
डम्वर गुरुङ स्वच्छ मन, उदार हृदय, निष्पक्ष निडर, खरो अनि प्रष्ट बक्ता हुनुहुन्थ्यो । । दुःखी,गरिब,निमसरोहरूलाई मद्दत गर्नको अतिरिक्त धर्म,कर्म,दान,दक्षिणा र बिकास निर्माणका बिषयहरूमा आफुलाई सधैं अग्र पंक्तिमा उभ्याउनुहुन्थ्यो । बरालडाँडा गाँउको गहनाको रूपमा चिनारी रहेको बार्षिक लागिरहने माघे सक्रांन्ति मेलाको सफलताको लागि डमर गुरुङ मेरूडण्ड हुनुहुन्थ्यो । तत्कालिन माओवादी जनयुद्द चलिरहेको अवस्थामा भगवतीको पुल बाढीले बगाएर लगेकोले, गुरुङले माओबादी र कादुरी संग समन्वय गरी आफु स्वयम संयोजक रहेर हाल भएको झलुङ्गे पुल निर्माण गर्नुभयो । गाँउ र समाजको बिकास निर्माणका कार्यहरूमा थुप्रै योगदान गर्नुभयो । त्यसकारण पनि डम्वर गुरुङ बिकास प्रेमी हुनुहुन्थ्यो भन्ने प्रमाणित हुन्छ ।
गुरुङ सदा गाँउ र समाज प्रति चिन्तित हुनुहुन्थ्यो । हाम्रो गाँउ हामीले नै बनाउनु पर्दछ र सधैं गाँउको माया आफुलाई खड्कीरहने सकारात्मक भावना राख्नुहुन्थ्यो । अनन्त दैबको लिला अब गुरुङको भौतिक शरिर हामी संग हुनुहुन्न तर गुरुङले गाँउ समाजको निमित्त गर्नुभएको अतुलनिय योगदान हाम्रो सामु सदा अमर रहिरहनेछ । तपाईको अभाबबाट सिंगो गाँउ र समाजलाई अपुरणिय क्षती भएका छ । स्वर्गीय डम्वर गुरुङका श्रीमती कमला,छोरीहरू द्धय पुनम र पुजा छोरा पुकार गुरुङ हुनुहुन्छ ।
यस घडिमा भगवती बरालडाँडा युवा क्लव लगाएत गाँउ समाज सबै शोकाकूल रहेको छ र पनि यस दुःखद घडीमा परिवारजनमा धैर्य धारण गरेर जस्तो कठिन अबस्थासंग पनि सामाना गर्न सक्ने शक्ति हाम्रो भगवती माईले प्रदान गरून भन्ने प्रार्थाना गर्दछौ । उहाँको दिबंगत आत्माको सदा चिर शान्तिको कामना गर्दै अत्यन्त भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौ ।