चीनसँगको सीमा विवाद कारण मोदीको मूड ठीक छैनः राष्ट्रपति ट्रम्प
By Manohari Paudel
१६ जेष्ठ २०७७, शुक्रबार ११:३८

जेठ १६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मूड ठीक नभएको टिप्पणी गरेका छन् ।
ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री मोदीको मूड ठीक नरहेको टिप्पणी गरेका छन् । ट्रम्पले चीनसँगको सीमा विवादको विषयलाई लिएर मोदीको मूड ठीक नरहेको बताएका हुन् ।
उनले चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पनि दोहोर्याए । उनले भने, ‘दुवै देशलाई केही मद्दत चाहिन्छ भने म त्यसका लागि तयार छु ।’
चीनसँगको सीमा विवादबारे भारतीय प्रधानमन्त्रीसँग आफूले कुरा गरेको जानकारी दिँदै ट्रम्पले भने, ‘यो विषयमा भारत खुशी छैन र शायद चीन पनि खुशी छैन ।’
एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेको थिए । चीनसँग जे भइरहेको छ त्यसका लागि उहाँको मूड ठीक छैन ।’
गत बुधबार पनि ट्रम्पले ट्वीट गर्दै चीन र भारतको सीमा विवाद समाधानका लागि आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए । एजेन्सी,
सम्बन्धित शीर्षकहरु

ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार १८ फाल्गुन २०७७, मंगलवार १५:५१

उद्योग वाणिज्य संघको कार्यसमितिलाई पोखरा ४ को स्वागत तथा बधाई १८ फाल्गुन २०७७, मंगलवार १५:४८

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो १७ फाल्गुन २०७७, सोमबार १६:०८

महाभियोगबाट मुक्तिपछि ट्रम्पको पहिलो भाषण, बाइडेनले ‘अमेरिका फर्स्ट’ नीतिलाई ‘अमेरिका लास्ट’ बनाएको आरोप १७ फाल्गुन २०७७, सोमबार १५:४८

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने १७ फाल्गुन २०७७, सोमबार १५:२७

सुवेदीद्वारा एनआरएनए अमेरिकाको अध्यक्षमा उम्मेदवारी घोषणा १७ फाल्गुन २०७७, सोमबार १५:२४

नेपालमा संकटकाल नै विकल्प
१८ फाल्गुन २०७७, मंगलवार १६:१४
सरकारसँग वार्ता गर्न विप्लव समूहले बनायो दुई सदस्यीय वार्ता टोली
१८ फाल्गुन २०७७, मंगलवार १६:०१
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार
१८ फाल्गुन २०७७, मंगलवार १५:५१
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार १६ जेष्ठ २०७७, शुक्रबार ११:३८
वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड..

महाभियोगबाट मुक्तिपछि ट्रम्पको पहिलो भाषण, बाइडेनले ‘अमेरिका फर्स्ट’ नीतिलाई ‘अमेरिका लास्ट’ बनाएको आरोप १६ जेष्ठ २०७७, शुक्रबार ११:३८
