पूर्व सांसद मेजर दीपकबहादुर गुरुङको निधन

काठमाडौँ, साउन २ गते । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद मेजर दीपकबहादुर गुरुङको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

मृगौला र मधुमेह रोगबाट पीडित पूर्व सांसद गुरुङको उपचारका क्रममा राजधानीको नर्भिक अस्पतालमा निधन भएको हो ।

 

 

स्वर्गीय गुरुङ काँग्रेस निकट नेपाल भूतपूर्व सैनिक संघको तीन कार्यकालसम्म अध्यक्ष भएका थिए । व्रिटिश गोर्खाको समान पेन्सनको आन्दोलन तथा गोर्खालीले पु¥याएको योगदान र वलिदनको कदर गर्दै आवासीय भिसाका लागि गरिएको आन्दोलनहरुको उनली एक नेतृत्वकर्ता थिए ।

 

 

कास्कीको नार्माजुन गाविस–३ मा जन्मएका स्वर्गीय गुरुङ व्रिटिश आर्मीबाट रिटायर्ड मेजर हुन् । उनले तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडीसीको रुपमा समेत कार्य गर्नुका साथै लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा समर्पित भएर उल्लेखनीय काम गरेका थिए ।

 

 

उनको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले, “नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएका मेजर दिपकबहादुर गुरुङको निधनबाट नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको छ ।”

देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

स्वर्गीय गुरुङका श्रीमती, दुई छोरा र चार छोरी छन्।