शितलादेवी माविमा पुनर्निर्माण प्राधिकरणको सयोगमा भवन बन्ने

मनेहरि पाैडेल,

पोखरा ३ साउन ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सयोगमा पोखरा महानगरपालिका १२ शितलादेवी सामुदायीक विद्यालयमा नया भवन बन्ने भएको छ ।
शितलादेवी सामुदायिक विद्यालयमा ४ कोठे पक्की भवन बन्ने भएको छ । राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईको ७० लाखको सहयोगमा बन्ने सो भवनको पुर्व स्वाथ्य मन्त्री तथा संघीय सासद खगराज अधिकारीले शिलन्यास गरे ।

 

शिलन्यास गर्दै अधिकारीले शैक्षिक बिकास समाज विकासको मेरुदण्ड रहेको बताउदै आफु कुरा भन्दा पनि काम गरेर देखाउन चाहेको बताए । उनले वर्तमा कोरना भाइरसको अवस्थामा कसरी पठन पाठान सन्चालन गर्ने भन्ने विषयमा वर्तमान सरकारले गम्भीर ढगले सोचिरहेको बताए ।

 

कार्यक्रममा राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) जिल्ला कास्कीका प्रमुख लाल प्रसाद पोखरेलले पुन निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई मार्फत कास्की जिल्लाका स्कुलमा मात्र १९० वटा भवन सगै ६२१ वटा कोठा ११४ वटा शौचालय ६५ वटा खानेपानी योजना बन्दै गरेको बताउदै प्रमुख पोखरेलले पोखरा महानगरका स्कुलका मात्र ३२१ वटा कोठा बन्दै गरेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका १२ का वडा अध्यक्ष राम वहादुर कार्कीले पोखरा १२ मा देशकै गहना स्कुलहरु रहेकाे बताउदै यो वडाकै गर्वकाे कुरा रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका वहादुर कार्कीले विद्यालयको आधारभुत बिकास र अत्यावश्यक सामाग्रीले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रभावकारी भुमिका खेल्ने बताए । विद्यालय प्रधानाध्यापक बाबुराम अधिकारीले ७० लाखको लागतमा ४ कोठे पक्की भवन बन्दै गरेको खुशी प्रकट गर्दे यसमा साथ र सयोग गर्ने सबैमा धन्यवाद प्रकट गरेका थिए ।

 

विद्यालय शिक्षक बोधराज गाैतमले सन्चालन गरेकाे कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका वहादुर कार्कीको अध्यक्षतामा पण्डित प्रदिप आचार्यले वैदिक परम्परा अनुसार पुजा गराई भवन शिलन्यास गरिएको थियो ।

शितलादेवी मा.वि कास्की जिल्लाको मात्र नभई गण्डकी प्रदेश तथा देशकै उत्कृष्ट सामुदायिक विद्यालय हुन सफल भइ राष्टीय पुरस्कार पाउन सफल  विधालय हो ।  विद्यालयले राष्ट्रिय शिक्षा पुरस्कार २०७३ र २०७५ बाट सम्मानित भइसकेको छ । यस विद्यालयमा  १०२० विद्यार्थी पढ्दै आएका छन् ।अंग्रेजी माध्यममा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।