स्वतन्त्र पत्रकारको शुभकामना तथा सम्मान

स्वतन्त्र पत्रकार संघ कास्कीको शुभकामना तथा सम्मान कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संस्थापक केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले अहिले परिस्थिति विषम रहेकाले जो जहाँ, जस्तो अवस्था छ त्यसैमा सन्तोष मानेर दशैं मनाउनु पर्नेमा जोड दिए ।

जस्तासुकै परिस्थितिमा पनि पत्रकारहरूको जिम्मेवारी अग्रमोर्चामा खटिएर समाजलाई सुसूचित गराउनु भएकाले समसामयिक असहजताप्रति सचेत भएर कर्ममा लाग्न बास्तोलाको आग्रह रह्यो ।
समारोहबीच बास्तोलाले संघका सचिव, सहसचिव र कोषाध्यक्षलाई सम्मान गर्नुका साथै बधाईसमेत ज्ञापन गरेका थिए ।

संघका सचिव सुरेशराज अधिकारीले एभरेष्ट मःम व्यवसाय सञ्चालन गरेकोमा, सहसचिव गंगासागर उपाध्यायको अनलाइन ‘जिजी टिभी’ले गोल्डन बटन अवार्ड प्राप्त गरेकोमा र कोषाध्यक्ष ओम उपाध्यायले सेन्टर रेष्ट्रो र फेसनवयर व्यवसाय सञ्चालन गरेकोमा संघले सम्मानसहित शुभकामना कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा संघका पदाधिकारीले रेष्ट्रो र फेसनवयरको अवलोकनसमेत गरेका थिए ।

सम्मानित व्यक्तित्व ओम उपाध्यायले संघले कोभिडका कारण तीव्र गतिमा क्रियाकलाप बढाउन नसके तापनि कार्यकालको अन्तिमसम्म संस्थाको गरिमा उचोँ बनाउन तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सम्मानित व्यक्तित्व सुरेशराज अधिकारी, गंगासागर उपाध्याय, प्रकाश अर्याल, पदाधिकारीहरू भरतराज तिवारी, दीपेन्द्र पहारी, तिलक थापा, असफल गौतमलगायतले बोलेका थिए ।