अमेरिकामा राष्ट्रपतिको निर्वाचन अगावै खसे ३ करोड ३० लाख मत!

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन राष्ट्रपतिको निर्वाचन हुँदैछ।

तर निर्वाचन आउन १३ दिन बाँकी रहँदै राष्ट्रपतीय निर्वाचनका लागि ३ करोड ३० लाख भन्दा बढी मत खसिसकेको सीजीटीएनले जनाएको छ।

 

 

कोरोना भाइरसको त्रासका कारण अमेरिकामा निर्वाचनको दिन अगाडि देखि नै प्रारम्भिक मतदानको आयोजना गरिएको छ।चिठी पत्र मार्फत मानिसहरुले हाल अमेरिकाभर मतदान गरिरहेको बताइएको छ।

 

 

यसपटक रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लगि चुनाव लड्दैछन्। ट्रम्पसँग डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडनले प्रतिस्पर्धा गर्दैछन्। एजेन्सी