८ हजार ५०० रोजगारी कटौती गर्दै क्याथी प्यासिफिक
By Manohari Paudel
५ कार्तिक २०७७, बुधबार १५:३४

कात्तिक ५, हङकङ । हङकङको विमान सेवा प्रदायक कम्पनी क्याथी प्यासिफिक एयरवेजले ८ हजार ५०० रोजगारी कटौती गर्न लागेको छ ।
कोरोना भाइरसको महामारीका कारण सेवा सञ्चालन गर्न नसकेपछि कम्पनीले क्षेत्रीय विमान सेवा क्याथी ड्र्यागन पनि बन्द गर्न लागेको हो । रोजगारीबाट हटाउन लागिएका मध्ये ५ हजार ३०० कर्मचारी हङकङमै रहेर काम गर्नेहरु छन् ।
थप ६०० कर्मचारी भने हङकङ बाहिरका भएको बताइएको छ । २ हजार ६०० पद भने पहिलेदेखि नै खाली रहेको थियो । अहिले रिक्त रहेको २ हजार पद पनि कर्मचारी भर्ती स्थगनबाट खारेज गरिने बताइएको छ । अहिले कटौती हुन लागेको कर्मचारी संख्या क्याथीको कुल कार्यबलको २४ प्रतिशत हो ।
अहिलेसम्म कम्पनीले कर्मचारी कटौतीबाट बच्न सक्दो कार्य गरेको भएपनि अब भने यस्तो गर्न नसकिएको क्याथी प्यासिफिक ग्रूपका सीईओ अगष्टस ट्याङले एक विज्ञप्तिमा भनेका छन् ।
रोजगारी कटौतीको खबर सार्वजनिक भएपछि बुधवार हङकङमा कम्पनीको शेयर मूल्य ४ प्रतिशतले बढेको थियो । एजेन्सी
सम्बन्धित शीर्षकहरु

मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो ६ माघ २०७७, मंगलवार १५:२९

कोरोना संक्रमणको १३ महिना, विश्वभर मृतकको संख्या २० लाख नाघ्यो ३ माघ २०७७, शनिबार १४:१८

पाकिस्तानी विमान मलेसियाको कब्जामा ! २ माघ २०७७, शुक्रबार १४:४०

नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने २ माघ २०७७, शुक्रबार १४:३२

चीनमा पुन: ११५ जना कोरोनाका नयाँ संक्रमित भेटिए २९ पुष २०७७, बुधबार १५:०५

भारतमा शनिवारदेखि कोरोना खोप लगाउने तयारी, शुरुमा ३० करोड मानिसलाई खोप दिइने २७ पुष २०७७, सोमबार १४:५८

मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो
६ माघ २०७७, मंगलवार १५:२९
ट्रम्पले आदेश दिएपनि लागू हुनेछ यात्रा प्रतिबन्धः जो बाइडेन
६ माघ २०७७, मंगलवार १४:५३
जो वाइडेनको शपथअघि सैन्य छाउनीमा परिणत भयो वासिंटन
६ माघ २०७७, मंगलवार १४:४२
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
ट्रम्पले आदेश दिएपनि लागू हुनेछ यात्रा प्रतिबन्धः जो बाइडेन ५ कार्तिक २०७७, बुधबार १५:३४
अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनकी..

जो वाइडेनको शपथअघि सैन्य छाउनीमा परिणत भयो वासिंटन ५ कार्तिक २०७७, बुधबार १५:३४
