जी पि कोइराला फाउन्डेसन अमेरिकाले १२०० ग्यालन शुद्ध दूध नि:शुल्क वितरण गर्‍यो।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी १२०० ग्यालन शुद्ध दूध नि:शुल्क वितरण शुक्रवार, अक्टोवर २३, २०२० दिउसो ३ बजे गरेको यसै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनु भयो।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले न्यु योर्क क्वीन्समा रहेका समाजसेवी पल्जु शेर्पा मार्फत ८० ग्यालन, नेजसस अमेरिकाका उपाध्यक्ष अनन्त राज सुवेदी मार्फत १२० ग्यालन, ने.का. युवा नेता क्रमशः भोज राज ठोक्कर मार्फत १४० ग्यालन, विनोद सुवेदी मार्फत ८० ग्यालन, प्रेम क्षेत्री मार्फत १२०, प्रद्युम्न रायमाझी मार्फत १२० ग्यालन, गोर्खा समाज अमेरिका का अध्यक्ष अन्जान श्रेष्ठ मार्फत ८० ग्यालन, सुवास के.सी. मार्फत ८० ग्षालन, दीपक गौतम मार्फत ८० ग्यालन, टेक बा. कार्की मार्फत ८० ग्यालन, पुष्कर बराल मार्फत १०० ग्यालन शुद्ध दूध वितरण गरेको थियो भने बाँकी रहेको दूध यसै फाउन्डेसन का अध्यक्ष सोमनाथ घिमिरे, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा र केन्द्रीय सदस्य सूर्य सिम्खडाले आफै नेपाली समाजमा वितरण गर्नु भयो ।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा र केन्द्रीय सदस्य सूर्य सिम्खडा खटिएका थिए ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन लाई धन्यवाद एवं आभार प्रकट गर्दो छ।