ट्र्म्पले चुनाव जित्ने प्राय निश्चित छ. : रविन बज्राचार्य

रविन बज्राचार्य

अमेरिकाको चुनावी माहोलले नेपाली समाज पनि धेरै नै तातिएको छ। घर देशको राजनितिमा रमाउॅदै गर्ने हामी नेपाली आफ्नो कर्म भूमीको राजनितिमा चासो देखाउनु पक्कै पनि राम्रो कुरा हो। आफू बस्ने देशको राजनैतिक मूल धारामा प्रवेश गर्नु पर्छ भन्ने एन आर एनको मन्त्र साक्षात्कार हुॅदै आएको मैले पाएको छु।केहि नेपाली मूलका ब्यक्तिहरु चुनावमा उम्मेदवारका रुपमा सहभागी छन भने धेरै नेपालीहरु(मताधिकार नहुने समेत) आफुलाई रिपब्लिकन र डेमोक्र्याट भन्दै चुनावी माहौलमा होमिएका छन।

म चाहि आफूलाई रिपब्ल्कन भन्न रुचाउॅछु। मैले प्रेसिडेन्ट ट्र्म्पले नै थप चार बर्षका म्यान्डेट पाउॅछ र जित्नु पनि पर्छ भन्दै आएको छु, तर मेरा डेमोक्र्याट मित्रहरु यसलाई दिवास्वपन भन्दा केहि होइन भन्दै रिपब्लिकनहरुको खिसी उडाउनमा नै ब्यस्त छन।
ट्रम्पले किन जित्छन त?

१) सबभन्दा पहिले ट्रम्प प्रशासनले ओबामा केयर अन्तरगत इन्स्योरेन्स लिनै पर्ने बाध्यात्मक कानुनलाई सदनबाट हटाएको छ। जसले गर्दा धेरै मिडल क्लास अमेरिकनहरुलाई बर्षेनी केहि हजार डलर जोगिएको छ भने महॅगो स्वास्थ्य बिमा बाट छुटकारा दिएको छ।

२) आयकरमा छुट को ब्यवस्था गरेको छ। जसका कारण मिडल क्लास काम गर्ने अमेरिकनहरिको बर्षेनी २००० भन्दा बढि रकम जोगिएको छ। तर सरकारबाट राहत(बिभिन्न शिर्षकमा) लिएर खाने र न्युन आम्दानी भएकाहरुलाई खासै मदत पुग्दैन। कर्पोरेट ट्याक्समा दिइएको छुटका कारण ब्यापार ब्यवसायहरु को नाफा बढेको छ भने कम्पनिहरुले अत्याधिक मात्रामा रोजगार सिर्जना गर्दा, बेरोजगार संख्या ऐतिहासिक रुपमा न्यून भएको छ( प्यानडमिक अगाडी सम्म) ।

३) शेयरबजार भाउ अध्याधिक मात्रामा बढेको छ भने जसले गर्दा मिडल क्लास वर्करहरुको सम्पतिमा समेत अत्याधिक वृध्दि भएको छ। स्मरण रहोस कर्मचारीहरुको कमाइको केहि प्रतिशत 401K नामक संचयकोषमा जम्मा हुन्छ। सो कोषले लगानी गर्ने भनेकोनै शेयर बजारमा हो। शेयर बजारको भाउ बढेपछि त्य कोषको भाउ पनि बढ्छ। यसो हुनु भनेको संचित रकमको मूल्य बढ्नु हो। समस्तिमा मिडल क्लासको सम्पति ऐतिहासिक रुपमा बृध्दि भएको छ।अमेरिकी जनता पहिले भन्दा बढि धनी भएका छन। काम नगर्ने र सरकारको लिएर खानेहरुलाई यो कुरा “बाहुनलाई च्याउको स्वाद” थाहा नभए जस्तै हो।

४) अत्याधिक मात्रामा डेमोक्र्याटिक पार्टीलाई भोट गर्दै आएका काला र ल्याटिनो समूहको आर्थिक स्तर र रोजगार अत्याधिक मात्रामा बृध्दि भएको छ। जसले गर्दा यस समूहका केहि ब्यक्तिहरु समेतबाट ट्रम्पलाई भोट आउने निश्चित छ।

५) ट्र्म्पको चाइना सम्बन्धी ब्यापार नितिका कारण चाइना बाट आयात हुने स्टिलमा २५% को भन्सार प्रणालीका कारण चाइना बाट अमेरिकामा सस्तो भाउमा स्टिल डम्पिंग रोकिएको छ भने स्टिल उध्योगहरुमा रोजगारी र नाफा बढ्न गएको छ। फलस्वरुप पेन्सिलभेनिया जस्ता स्टिल उध्योग भएका राज्यहरुका कामदारहरुको रोजगारी सुरक्षित हुन पुगेकोले ति कामदारहरुका भोटबाट स्विंग स्टेट पेन्सिलभ्निया ट्रम्पले नै जित्नेछ। साथै यसै नितिका कारण चाइनाबाट आयात गरिएको सामानहरुको भंसार लगाउॅदा बिलियनौं डलर उठेको छ। जस मध्येबाट ४१ बिलियन डलर कृषकहरुलाई राहत स्वरुप बाॅडिएको छ।यसकारण ओहायो, आयोवा जस्ता कृषि प्रधान राज्यका कृषकहरुले भोट दिएर ट्रम्पलाई बिजयी माला पहिर्याउने देखिन्छ।

६) ट्रम्पका कारण अमेरिका पहिला भन्दा बढि सुरक्षित महशुस भएको छ। हजारौं अपराधी आप्रवासीहरुलाई ट्रम्पले देश निकाला गरेको छ। अपराधीहरुले भोट समेत हाल्न नपाइने संघिय कानुन भएको देशमा अपराधी निष्काशित गर्नु ठूलो कुरा होइन। साथै दक्षिणी सिमामा पर्खाल लगाउनाले(पूर्ण भएको छैन, करिब ४०० माइल सकियो) सिमा क्षेत्रमा अपराधिक गतिविधी घटेको छ। यसका कारण पनि देश भरिका रेड नेकहरु खुशी छन र उनीहरुको भोट पनि टेरम्पले नै पाउने निश्चित छ।

७) ट्रम्पले तिनजना कन्जर्भेट्भ जजहरुलाई सर्वोच्चअदालतमा मनोनित गरि , सर्वोच्च अदालतलाई कन्जरभेटिभ मयी बनाएको छ। यसैका कारण पनि केहि भोट थपिनेछ।

८) ट्रम्पले नाफ्टा जस्ता सन्धि टोडेर अमेरिकाको हितमा नयाॅ सन्धि गरेको छ भने नाटोमा पनि अरु राष्ट्रहरुलाई भारि मात्रामा रकम बुझाउन बाध्य गरेको छ। साथै अमेरिकाको हित बिपरित रहेको पारिस सम्झौता पनि भंग गरेको छ।

९) ट्रम्पको पालोमा बिश्वमा शान्तिको बिस्तार भएकोछ। आतंककारी संस्था आईसिस दन्ते कथामा परिणत भइ सकेको छ भनेकोरियाका रकेटम्यानलाई समेत आफ्नो लाइनमा ल्याएको छ। इरानलाई लाइनमा ल्याउन इरानमुखी सन्धि भंग गर्नु का साथै सुलेमानी समेतलाई ईतिहास बनाइ दिनाले बिश्वमा शान्ति कायम छ। मध्यपूर्वमा शान्तिका लागि यू ए ई बहराइन र इजरायललाई एकै ठाउॅमा उभ्याएर हस्ताक्षर गराउन सफल भएको छ।

१०) बाइडेनको २०३५ भित्रमा जिरो इमिसन योजना कारण मिचिगन लगाएतका कार उध्योग रहेका क्षेत्रका कामदारहरु आफ्ना रोजगारका बारेमा चिन्तित छन। त्यसैले पनि ति क्षेत्रका जनताहरुले ट्रम्पलाई नै बिजयी माला पहिर्याउने छन।

११) ट्म्पले बोलेका कुराहरु पूरा गरेका छन भने बाइडेन ४७ बर्ष केन्द्रमा शक्तिशाली ब्यक्तिका रुपमा रहॅदै गर्दा जनतालाई खासै राहत पुर्याउन सकेन। अहिले आएर यो गर्छु त्यो गर्छु भन्दा दनताले सहजै मान्नेवाला छैन।

स्मरण रहोस अमेरिकामा देश भरिको मतमा बहुमत ल्याउने ब्यक्तिनै राष्ट्रपति जित्छ भन्ने छैन। राज्यहरुबाट चुनिएर आएका प्रतिनिधीहरुको मतले राष्ट्रपति चुनिने हो। जन संख्याको आधारमा प्रत्येक राज्यबाट निश्चित संख्यामा प्रतिनिधी चुनेर आउने हो। ट्रम्पले २०१६ मा जस्तै बढि राज्यहरुमा जितेर, आवश्यक २७० भन्दा बढि प्रतिनिधी पाउने छन र पुन ४ बर्षका लागि राष्ट्रपतिको जिम्मेदवारी पाउनेछ।