माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनशिपमा देशव्यापी सहभागीता हुने

पोखरा । दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दिप कम्प्युटर इन्ष्ट्रिच्युटले अघिल्लो बर्षको जस्तै यस बर्ष पनि माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनशिपमा लैजाने भएको छ ।

 

माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनशिप एक ग्लोबल कम्पिटिसन हो । जसले विद्यार्थीहरूको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गर्दछ । साथै विद्यार्थीहरुलाई माईक्रोसफ्ट सर्टिफिकेशनको पनि उपलब्ध गराउदछ । माईक्रोसफ्ट सर्टीफिकेसन एक अन्तराष्ट्रीय प्रमाण पत्र हो । प्रतियोगीतामा जिल्ला स्तरिय, राष्ट्रिय र अन्तराष्ट्रिय गरि तिन तह रहेको छ ।

 

१३ बर्ष पुगेको र २२ बर्ष नकटेको जो कोही प्रतियोगीतामा सहभागी हुन सक्दछन् । अघिल्लो बर्ष यो १३ देखी १८ रहेको थियो । जिल्ला स्तरको परिक्षा सफल गरेकाहरु बाट छानीएका जिल्ला स्तरिय विजेताहरु नेशनल च्याम्पियनशिपका लागि काठमाण्डौ जानेछन् । काठमाण्डौमा ७७ जिल्लाबाट छानिएका ४ सय ६२ जना जिल्ला बिजेताहरु बिच प्रतिस्पर्धा हुनेछ ।
काठमाण्डौबाट प्रत्येक विधाका २ जना शिर्ष गरी शीर्ष ६ जना विद्यार्थी वल्ड च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरीकाको ओर्लान्डो, फ्लोरिडा जाने छन् । विगत १८ बर्ष देखी यस च्याम्पियनशिप भैरहेको र सन् २०२० मा १३५ देशका १० लाख भन्दा बढी विद्यार्थीहरुले सहभागीता जनाएका थिए । यस प्रतियोगीतामा नेपालले यस अघी २०१३ मा वल्ड च्याम्पियनशिपको उपाधी हासिल गरेको थियो ।

 

कम्प्युटर शिक्षा तथा उच्च शिक्षा अध्ययनको क्षेत्रमा कार्य गर्दै आएको पोखराको सृजनाचोकमा रहेको दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दिप कम्प्युटर इन्ष्टीच्युटले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनशिपमा नेपालका सबै जिल्लाका विद्यार्थीहरुलाई सहभागी गराउने भएको हो । जिल्ला स्तरिय प्रतियोगीता संचालन गर्नको लागी कन्सल्टेन्सीले संम्बन्धित जिल्लामै कम्प्युटर शिक्षामा कार्य गरिरहेको संस्थालाई डिस्ट्रिक पार्टनर प्रदान गरिरहेको छ । प्रतियोगितामा भाग लिन चाहानेहरुको लागी रजिष्टेशन पुस १ गते देखि हुने दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले जनाएको छ ।

 

प्रदेश नं १ बाट ६, प्रदेश नं २ बाट ८, बाग्मती प्रदेश बाट ८ गण्डकी प्रदेशबाट ९, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ३ र सुदुरपश्चिम प्रदेशबाट ३ जिल्लाको प्रतियोगीतामा सहभागीता हुने निश्चित भएको कन्सल्टेन्सिका सञ्चालक द्वय दिनेश लामिछाने र दिपेन्द्र लामिछानेले जनाए । प्रतियोगीतालाई प्रभावकारी बानाउने प्रत्येक प्रदेशमा जिल्ला पार्टनर मिट प्रदेश नं १ मा मंसिर १९ गते ईटहरीमा, प्रदेश नं २ मा मंसिर १७ गते जनकपुरमा, बाग्मती प्रदेशमा मंसिर १५ गते हेटौडामा, गण्डकी प्रदेशमा मंसिर २३ गते बाग्लुङमा, लुम्बिनी प्रदेशमा मंसिर ८ गते बुटवलमा, कर्णाली प्रदेशमा मंसिर १० गते धनगढीमा र सुदुरपश्चिम प्रदेशमा मंसिर १२ गते विरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको र संम्बिन्धित् कार्यक्रममा सहभागी हुन छुटको जिल्ला पार्टनरहरुको लागी मंसिर २४ गते पोखरामा सञ्चालन गरिएको लामिछाने द्वयले बताए ।

 

सहभागी हुन चाहानेहरुको लागी आवश्यक तालिमको व्यवस्था पनि कन्सल्टेन्सीले नै गरेको छ । संस्थाले विभिन्न क्षेत्रका जनशक्तीको आवश्यकता पुरा गर्ने हेतुका साथ ६० भन्दा बढी कम्प्युटर कोर्सहरु साथै माईक्रोसफ्ट, एडब, एप्पल, सिई काउन्सिल आदिको अन्तराष्ट्रीय प्रमाणपत्रका कोर्सहरु समेत सञ्चालन गरिरहेको छ ।

 

THE BENEFITS TO STUDENTS THROUGH MOS CHAMPIONSHIP

1) Microsoft/Adobe/Apple / EC Council International Certification Credentials once you clear the exam (for Microsoft, Adobe, Apple, EC Council) 2) Co-branded Certificate of Participation 3) Earning college credit through ACE CREDIT® 4) Certificates, Awards, and Trophies at Regional and National Level Toppers 5) National Winners get an all-expense-paid trip to represent Nepal in the World Championship (MOS and ACA Championships) 6) Opportunity to interact and network with students from other Schools, Regions, and Countries 7) Scholarship up to $7000*. (*See individual competition details of the exact scholarship for each championship