ज्याक्सनहाईटमा खाद्य सामाग्री बितरण

ज्यक्सन हाइट, न्युयोर्क
नोभेम्बर २०,
न्युयोर्क, डिस्ट्रिक १९ का कमिटि मेम्बर नवराज केसीको पहलमा रोटरी क्लव अफ न्युयोर्क “कुइन्स” र हामी नेपाली ग्लोबलका प्रतिनिधिहरु, ध्रुव कुंवर, राजेश वस्नेत, लोकनाथ सिग्देल र कमिटि मेम्बर नवराज केसी सहितले ज्याक्सनहाईटमा खाद्य सामाग्री बितरण गर्नु भयो ।

बिभिन्न समुदायको घना बस्ती भएको ज्याक्सनहाइटमा सॅाझ ६ बजेदेखि ८ बजे सम्म दूधलगायत फलफूल सहितको २० पौण्डका झण्डै २३० थान खाद्य सामाग्री बितरण गर्नु भएको थियो ।उक्त खाद्यान्न बितरण कार्यक्रममा सामाजिक सॅस्था “तारा-किशन फाउण्डेसनका सदस्यहरूको बिशेष भूमिका रहेको थियो ।

प्रत्येक हप्ता यसकिसिमले स्थानिय सरकारसॅगको सहकार्य कार्यक्रमसॅग हातेमालो गरेर सहयोग गर्न पाउॅदा तारा-किशन फाउण्डेसनका सल्लाहकार तथा कवि किशनसिंह धामीले निक्कै प्रभावकारी र लाभदायक भएको बताउनु भयो ।

सोहि कार्यक्रमा स्वयमसेवी सोफी अमात्य र मन्दिरा अमात्यको बिशेष भुमिका थियो