चीनसँगको सीमामा निगरानी राख्न भारतले इजरायल र अमेरिकाबाट ड्रोन खरिद गर्दै

भारतले चीनसँगको सिमानामा आफ्नो निगरानी क्षमतालाई मजबुत बनाउन इजरायल र अमेरिकाबाट ड्रोनहरु खरिद गर्ने भएको छ।

 

लद्दाख नजिकका सीमा क्षेत्रहरुमा निगरानी बढाउनका लागि भारतले ५ सय करोड रुपियाँ बराबरको आक्रमण गर्ने क्षमता भएका ड्रोनहरु खरिद गर्न लागेको समाचार संस्था एएनआईले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको योजना अनुसार भारतले इजरायलबाट इजरायली हेरोन ड्रोन र अमेरिकाबाट अमेरिकन मिनी ड्रोन खरिद गर्नेछ।

 

ड्रोन खरिद गर्ने विषयको सम्झौता अन्तिम चरणमा पुगेको र यस सम्झौतामा आगामी महिना हस्ताक्षर हुने बताइएको छ।

अहिले भारत र चीनबीच सीमा विवाद जारी रहेको अवस्थामा यी ड्रोन खरिदको विषयलाई महत्वका साथ हेरिएको छ। एजेन्सी