जेनेट येलेन अमेरिकी अर्थमन्त्री मनोनित

मंसिर १६, विाशिङटन डीसी (अमेरिका) । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बोइडेन र उनको संक्रमणकालीन टोलिले आगामी सरकारको शीर्ष आर्थिक पदहरुमा कयौं मनोनयन र नियुक्तिको घोषणा गरेको छ ।

 

 

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भकी पूर्व गभर्नर जेनेट येलेनलाई औपचारिक रुपमा नै अर्थमन्त्री नियुक्त गरेको सोमवार टोलीले पुष्टि गरेको छ । मनोनयनलाई सदनले पारित ग¥यो भने येलेन अमेरिकी अर्थ मन्त्रालयको २३१ वर्षको इतिहासमा पहिलो अर्थमन्त्री बन्नेछिन् ।

 

बाइडेनले निरा टन्डेनलाई अफिस अफ म्यानेजमेन्ट एण्ड बजेट (ओएमबी) को निर्देशक मनोनित गरेका छन् ।

कोरोना महामारीका कारण उत्पन्न आर्थिक संकटको विद्यमान परिस्थितिमा यही टोलीले तत्कालीन आर्थिक राहत दिलाउने र अर्थतन्त्रलाई पहिलाको भन्दा पनि राम्रो बनाउने बाइडेनले बताए । एजेन्सी