एप्पलका संस्थापक स्टिभ जब्सकी छोरीले गरिन् मोडलिङको सुरुवात !

विश्व प्रसिद्ध एप्पल कम्पनीका संस्थापक तथा चर्चित व्यापारी स्टिभ जब्सकी छोरीले मोडलिङ सुरु गरेकी छन् । उनले एउटा ब्युटी क्याम्पेनको लागि फोटोसुट गरेकी छन् ।

जब्सकी छोरी इभ जब्स उक्त फोटोसुटमा गोल्ड ज्वेलरीसहित प्रस्तुत भएकी छन् । उनले मोडलिङको क्षेत्रमा ग्लेसियर प्लेफुल होलिडे ब्युटी क्याम्पेनमार्फत डेब्यू गरेकी हुन् ।

उनको सामाजिक सञ्जालमा फलोअर्सहरु बढिरहेका छन् । इभको इन्ष्टाग्राममा करिब २ लाख फलोअर्स रहेका छन् । उनले मोडलिङ क्षेत्रमा आउनुअघि क्यामेरासँग निकै दूरी कायम गरेकी थिइन् ।

यसअघि उनको घाेडसवारी गरिरहेको तस्बिर सार्वजनिक भएको थियो । इभ हर्स राइडिङमा पोख्त रहेकी बताइन्छ । हर्सस्पोर्टस् रिपोर्टकाअनुसार उनी विश्वको उत्कृष्ट ५ हर्सराइडरमध्ये एक हुन् ।

उनी अहिले स्ट्याफोर्ड युनिभर्सिटीमा पढिरहेकी छन् । उनी २२ वर्षकी भइन् । जब्सको इभका अलावा २९ वर्षका रिव र २५ वर्षका एरिन दुई अरु सन्तान पनि रहेका छन् ।

एजेन्सी ।