व्यवसायीका बिचमा रहेर खेलेको भुमिका नै मलाई गर्ने मुल्याङकन हो

केशब बहादुर खत्री
उम्मेदवार
उप–महासचिव, पोखरा उद्योग वाणिज्य संघ

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशन आगामी पुस २४ र २५ गते पोखरामा हुँदैछ । महाविधेशनबाट एक अध्यक्ष एक वरीष्ठ उपाध्यक्ष दुई उपाध्यक्ष एक महासचिव एक उप–महासचिव र एक कोषाध्यक्षका साथै १० जना कार्य समिति सदस्य लगाएत अन्य सदस्यहहरु समेत चुनिनेछन् ।

उप–महासचिवमा उम्मेदवारी दिएका व्यवसायी केशब बहादुर खत्रीले पोखरेली ब्यबसायीहरुको हरेक अप्ठेयारोमा आफुले साथ दिदै आएको हुदा आफुलाई त्यसको मुल्याङकन गर्र्दे उप–महासचिवमा बिजयी गराउन सम्पुर्ण पोखरेली ब्यबसायीहरु ईच्छुक रहेको बताउछन् । पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनमा अत्याधिक मत प्राप्त गरी कार्य समिती सदस्यमा विजयी बनेका खत्रीे सधै जसो व्यवसायीका विचमा रहेर उनीहरु माझ आइपरेका विभिन्न समस्याहरु समाधानका लागी आफ्नो व्यवसाय समेत छोडेर काम गर्ने गर्दछन् । खत्रीलाई उप–महासचिवमा जिताउन बुद्ध बिशाल बजार ब्यापारीक एशोसियसन तथा सर्बेश्वर व्यवसायी समितिले अनुरोध समेत गरेको छ ।

 

खत्री बिगत दुई दशक भन्दा बढी पोखराको बुद्ध बिशाल बजारमा कुशल फेन्सी स्टोर्स ब्यवसाय चलाएर वसेका छन् । खत्री बुद्ध बिशाल बजार ब्यापारीक एशोसियसनका अध्यक्ष हुन भने फेन्सी तथा रेडीमेड ब्यवसायी सँघ कास्की जिल्लाका निर्वतमान अध्यक्ष हुन् । उनी लायन्स क्लव अफ माउन्टेन भ्यु सिटीका  lcif ordinator हुन भने नेपाल रेडक्रस सोसाइटी को आजीवन सदस्य हुन् ।  उप–महासचिवमा उम्मेदवारी दिएका व्यवसायी केशब बहादुर खत्रीसँग नेपालयका मनोहरि पौडेलले गरेको कुराकानीको सारः

 

पोखरा उद्योग वाणिज्य संघको उप–महासचिव पदमा तपाईंको उम्मेदवारी किन ?

३२ औ माहाधिबेशनमा उत्साहजनक मत प्रदान गरी मलाई ब्यबसायी सदस्य ज्युहरूले कार्यसमिती सदस्य पदमा बिजयी गराइ पठाउनु भयो । त्यसको मुल्याङकन भयो भन्ने ठान्छु । सँगै मैले फेन्सी तथा रेडीमेड ब्यवसायी सँघ होस या बुद्ध बिशाल बजार ब्यापारीक एशोसियसनमा रहेर काम गरीरहेको छु । सबै बस्तुगत सँघ सगको मेरो नजिकता मैले मेरो ठाउबाट समस्यामा पर्दा ब्यबसायीका बिचमा रहेर खेलेको भुमिका मात्रै पनि नभनौ प्राकृतिक रूपमै अगाडी बड्दै गर्दा स्वभाबिक रूपले उप–महासचिबको दामेदार जस्तो लाग्दछ । हुनत धेरै ब्यबसायी सदस्य ज्युहरूको सल्लाह सुझाब मलाई महासचिवको लागि नआएका पनि हैनन तर सघको हित र आफ्नो अगाडी बडाइलाई पनि हतार गर्न हुदैन भन्ने सोचका कारण नै उप–महासचिवको प्रबल दामेदर रहे र आज सदस्य ज्युहरूका बिच मत मागीरहेको छु ।

 

चुनावी अभियानको अन्तिम चरणमा हुनुहुन्छ मतदाताहरुवाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
लगभग चुनाबी चरणको अन्तीम चरणमै छौ म केशब बहादुर खत्री अपरीचित नाम हैन सम्पुण उधोगी ब्यबसायी ज्युहरूलाई त्यसैले म सबैका माझमा भिजेको छु, समस्या देखिदा सहजीकरण गरेर समाधान पनि गरेको छु । त्यसैले म प्रति ठुलो बिस्वास भरौसा छ, आम ब्यबसायीलाई पदाधिकारीमा पठाउन पाए पार्कीङका समस्या घरधनी र ब्यबसायीका बिच देखिएका असमजदारी अब्यबारीक कर लगाएतमा सम्बोधन हुन्छनकी, भन्ने छ हो त्यस्तै समस्या न्यूनिकरण गर्नुे छ र त्यो म गर्न सक्छु भनेर नै अगाडी बढ्दै गर्दा हामी ढुक्क हुनोहोस भनिरहनु भएको छ र आशिर्बाद मात्रै हैन हामी आतुर छौ मत राख्न भनिरहनुभएको छ । जसले गर्दा ममा उर्जा थपिएको अनुभुत भएको छ ।

 

तपाई चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?
हो म ढुक्क छु किनकी मैले ब्यबसायीका बिचमा जादा त्यो उत्साह र उर्जा पाएको छु त्यती मात्रै काहा हो र म सबै ब्यबसायीका बिचमा छु र रहीरहने बचन बद्दता पनि गरीरहेको छु । यो मात्र पनि हैन म पोखरा उद्योग वाणिज्य सँघमा अहीले पनि छु म कतैबाट कोही कसैको उस्काहटमा एकै पटक उप–महासचीव पद ताकेको पनि हैन मेरो निरन्तरता स्टेप बाइ स्टेप हो नेतृत्व गर्न हतार गर्न हुदैन भन्ने पनि छ अहीले मात्रै टुप्लुक देखीएको हैन भन्ने सबै उधोगी ब्यबसायी सदस्य ज्यूहरूलाई थाहा छ । बस्तुगत सँघ सस्थाका बिचमा सधै रहीरहेको पनि छु । यिनै कारणले र मलाई साथ रहने कुरा मा ढुक्क रहने बाताबरण बनिदीदा घर दैलोमा पुगीरहदा पाएको माया सदभाबले गर्दा नै म चुनाब जित्ने कुरामा ढुक्क छु ।

 

अन्तमा के भन्नुहुन्छ ?

अन्तमा सम्पुण बस्तुगत सँघका अध्यक्ष ज्युहरू उधोगी ब्यबसायी सदस्य ज्युहरूमा मलाई पोखरा उद्योग वाणिज्य संघको उप–महासचिव पदमा अत्याधिक मत प्रदान गरी बिजय गराई सेवा गर्ने अबसर प्रदान गरीदीनुहुन बिनम्रतापुर्बक हार्दीक अनुरोध गर्न चाहान्छु ।