ओलीलाई राजनेता बन्ने ऐतिहासिक अवसर

सन्तलाल रिसाल
न्यूर्योक अमेरिका,

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट आम नेपाली जनताले ठूलो आशा गरेका छन् । राष्ट्रवादी कामले पहिलो प्रधानमन्त्रीत्वकाल अत्यन्तै सफल भएकै कारण आमनिर्वाचनमा करिब दुई तिहाइको प्रचण्ड बहुमत सहित उहाँलाई पाँच वर्षको सरकार बनाउन नेपाली जनताले जनादेश दिए । पार्टीको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीलाई सरकार र पार्टी दुवै चलाउन पूर्ण जनादेश प्राप्त थियो ।

पूर्ण लोकतान्त्रिक विधिबाट निर्वाचित उहाँलाई कार्यकाल पूरा गर्नबाट कसैले रोक्नु हुँदैनथ्यो । राष्ट्रको हितमा राम्रो काम गरेका ओलीलाई सरकार र पार्टी चलाउन दिए ओझेलमा परिन्छ, फेरि मुलुक लुट्न पाइँदैन भन्ने कुण्ठा पालेर पार्टी भित्रबाटै प्रचण्ड नेपाल समूहले उहाँको बारम्बार राजीनामा माग्ने असहयोग गर्ने, तथानाम झूठा आरोप लगाउने र अन्त्यमा अविश्वास प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरी प्रतिनिधि सभा विघटन गरी चुनावमा जाने ओलीले निर्णय गर्नुभयो ।

 

उहाँले साहसिक कदम चालेपछि प्रचण्ड नेपाल समूह पार्टीबाट अलग भए जुनमुलुकका लागि आवश्यक थियो । अब उनीहरुको हैसियत समाप्त भएर गएको छ । जनता समक्ष जान उनीहरुसँग कुनै नारा छैन । ओलीले राम्रो काम गरे, अब हाम्रो पालीआउँदैन भनेर अविश्वास प्रस्ताव ल्यायौँ ? भनेर जनता सामु जान मिल्छ ? मिल्दैन । नेकपाबाट हत्यारा, अराजक समूह बाहिरिनु आवश्यक थियो,बाहिरिएको छ अब ओलीले हिम्मत गरेर हत्यारा र भ्रष्टाचारीलाई कारबाही गरेर पीडित नेपाली जनतालाई न्याय दिनुपर्छ । मुलुकलाइ नयाँ निकास दिनुपर्छ ।
विना कारण १७ हजारभन्दा बढी नेपालीलाई मार्ने, हजारौँलाई बेपत्तापार्ने, मुलुकको अर्बौ सम्पत्ति लुट्ने र ध्वस्तपार्ने प्रचण्डहरुलाई सुध्रिनकालागि ओलीले महानता देखाएर पार्टी एकीकरण गरी शक्तिशाली नेकपा र इतिहासमै शक्तिशली सरकार बनाएको कुरा कसैबाट छिपेको छैन । ओलीले जुन राजनीतिक उचाइ बनाउनुभयो त्यस्तो उचाइ र विश्वास आर्जन गर्न अरु नेतालाई सम्भव थिएन र छैन पनि । प्रचण्ड पनि प्रधानमन्त्री बने, माधव नेपाल , झलनाथ खनाल र डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्री बनेकै हुन् । उनीहरुले आफ्नो शासनकालमा एउटा पनि देखिने राम्रो काम गर्न सकेनन् । असफल प्रधानमन्त्री बने । अब उनीहरुलाई प्रधानमन्त्री बन्न नेपाली जनताले भोट दिदैनन् । नेकपा एकीकरण गर्ने पनि ओली, दुइतिहाई मत पनि ओलीकै कारणले आएको हो । यो सत्यलाई प्रचण्ड नेपालले आत्मसात गर्न सकेनन् । पद र पैसाका लोभी प्रचण्ड नेपालले ओलीलाई एक दिन पनि काम गर्न दिएनन् खाली अबरोधमात्र खडा गरिरहे ।
इतिहासकै शक्तिशाली ओली सरकारलाई विनाअवरोध कामगर्न दिएका भए मुलुक धेरै अगाडि बढ्ने कुरामा विवाद थिएन । तर पार्टीभित्रैबाट पूर्णरुपले असहयोग भयो । अन्ततःओलीले हिम्मत गर्नुभयो संसद् विघटन गरेर । ओलीलाई सडकमा पुर्याएर आफैले शासन गर्ने सपना देखेका प्रचण्ड नेपालहरु सडकमा फ्ँयाकिएका छन् । उनीहरुले सडक आन्दोलन गर्ने कुरा गरेका छन्, के का लागि?

 

अब ओलीले हिम्मतका साथ नेपाली जनताको आवाजलाई आत्मसात् गरी ऐतिहासिक तथा युगान्तकारी काम गरी राजनेता बन्नुपर्छ र नेपाललाई शान्त र समृद्ध मुलुक बनाउनुपर्छ । राजनेता राजा पृथ्वीनारायण शाह, राजा महेन्द्रपछि राजनेता बन्ने अवसर अब ओलीलाई छ । सरकार र पार्टीमा अबरोध खडा गर्ने प्रचण्ड नेपालहरु बढारिएका छन् । विशेषाधिकार प्रयोग गरी ओलीले राष्ट्र र जनताको हितका लागि काम गर्नुपर्छ । बहुदल, लोकतन्त्र र गणतन्त्रका नाममा अराजक नेताहरुले मुलुक लुटे, देशलाई हरिकंगाल बनाए, नेपाली जनतालाई गरिबीको दलदलमा फसाए,नेपाली युवालाई विदेशीको दास बनाए । विदेशीको इसारामा डलर खाएर हिन्दुराष्ट्र राजसंस्था हटाई संघीयता लादे । संघीयता सेतो हात्ती सावितभयो । यस्तो अवस्थामा नेपाली जनताले विकल्प खोजेका छन् । त्यो विकल्पभनेको राजसंस्था र हिन्दु राष्ट्रको पुनस्र्थापना र संघीयता खारेज गर्नु हो । यो कामओलीले गर्नुुपर्छ हिम्मतका साथ । उहाँलाई ३ करोड नेपालीको साथ र समर्थन रहने छ ।

प्रधानमन्त्रीओलीको बोलीदेखि दक्षिणी छिमेकी डराएको छ । भारतीय नाकाबन्दी सामु नझुेका ओलीले उत्तरी छिमेकी चीनसँग थप नाका खुलाएर नेपालको स्वाभिमान बचाउनुभयो । भारतले मिचेको कालापानी क्षेत्रको नेपाली भूभाग समेटिएको नयाँ नक्सा सार्वजनिक गर्ने हिम्मत ओलीले गर्नुभयो । उहाँ सत्यका लागि लड्नु भएको छ । सही अडान लिनुभएको छ । उहाँलाई झुकाउन नसकेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्र ज्यान छाडेर ओली सरकार असफल बनाउन लागे पनि उहाँ झुक्नु भएको छैन । संसद् विघटन ओली सरकारका लागि ऐतिहासिक काम गर्ने अवसर हो । अब चुनाव होइन ऐतिहासिक काम गरेर नेपाललाई समृद्ध बनाउनेतिर ओलीले कामगर्नुपर्छ । हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना गर्न साथै संघीयता खारेज गर्न उहाँलाई कसैले रोक्न सक्दैन । केही अराजकवादीहरुले अवरोध सिर्जना गर्न खोजे भने संकटकाल लगाउने अधिकार ओलीसँग सुरक्षित छ । उहाँले यी काम तत्काल गर्नुपर्छ । त्यसैगरी १७हजार नेपालीमार्ने, हजारौँ बेपत्तापार्ने, अर्बौँको सम्पत्ति लुट्ने, मुलुकतहसनहस त्रपर्ने प्रचण्ड र बाबुराम भटटराईलाई तत्काल पक्राउ गरी जेल हाल्नुपर्छ, यो नेपाली जनताको माग हो । त्यसैगरी गणतन्त्रका नाममा मुलुक लुटेका अरु भष्टचारी नेताहरु तथा कर्मचारीलाई पनि पक्राउ गरी कारबाही गर्नुपर्छ । यो हिम्मत गर्नु भयो भने ओली नेपालको राजनेता बन्नुहुनेछ । त्यसैगरी ठूलो हिम्मतका साथ ओलीले स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गरी आम नेपाली जनताको आवश्यकता र चाहना पूरा गरिदिनुपर्छ । यति काम गर्नुभयो भने ओलीको सवत्र्र जय जयकार हुनेछ ।

 

आज स्वास्थ्य र शिक्षामा व्यापक विकृति र विसङ्गति किन आयो ? किन स्वास्थ्य र शिक्षा सेवाआम नागरिकको पहुँच बाहिर गयो ? चरम महँगो भयो ?जताततै यस्तै प्रश्नगरिएको छ । मूलतःविगतमाअस्थिर राजनीति र अस्थिर सरकारका कारण औद्योगिक वातावरण नै बनेन । मुलुकका उद्योग कलकारखाना धमाधम बन्द भए । बहुदलकानाममा सरकारी उद्योग अन्धाधुन्ध निजीकरण गरियो । राज्य कमजोर भयो । लगानीवातावरण नभएपछि उद्योगी व्यवसायीले उद्योग क्षेत्रबाट हातझिके । केहीले विदेशतिर लगानी लगे भने केहीले शिक्षा र स्वास्थ्यमा लगानी गरे । उनीहरुको लगानीसँगै शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सुरु भयो । व्यापारीकरण सँगसँगै चरम विकृति र विसङ्गतिले शिक्षा र स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको छ । आम नेपालीजनता स्वास्थ्य र शिक्षाकै लागिचिन्तित छन् । उनीहरुको कमाइको अधिकांशअंश स्वास्थ्य र शिक्षाका लागि खर्च गर्नुपर्ने अवस्था छ । निजी अस्पताल र निजी स्कुल सेवामुखी होइन नाफामुखी बने । सङ्कटको बेलापनि सहयोगी र सेवामुखी बनेनन् । आज नागरिकको जीवनमाथि खेलवाड गरे । कोरोना सङ्कटमा निजी अस्पताले बिरामीको उपचार नगरेकै कारण कतिपयले अकालमै ज्यानगुमाउनु परेको यथार्थ लुकेको छैन ।

 

यो यथार्थताबाट ओली अनभिज्ञ हुनुहुन्न । औद्योगिक र लगानी वातावरण बनाई देशका सबै उद्योगी तथा व्यवसायीलाई उद्योग क्षेत्रमा लगान गर्न र लगानी सुरक्षाका लागि  विशेष कार्यक्रम ल्याउनपर्छ । लगानी सुरक्षानभएकै कारण उद्योगी तथा व्यवसायीले औद्योगिक क्षेत्रबाट हातझिकेको तीतो यथार्थलाई आत्मसात् गरी सरकारले उद्योग तथा व्यवसाय प्रवद्र्धन गर्न निजी उद्योगीहरुसँग सहकार्य गर्नुपर्छ । उद्योग क्षेत्रको विकास बाट मात्रै लाखौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्न र मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ । अब औद्योगिक क्रान्तिका लागि राष्ट्रिय पूँजीनिर्माण गरी विदेशी लगानीआकर्षित गर्नुपर्छ ।
इतिहासको एक कालखण्डमा नेपाल हरेक कुरामा आत्मनिर्भर थियो । आफ्नै किसिमको आत्मनिर्भर अर्थतन्त्रथियो । राजनीतिक घटनाक्रम र सत्ता फेरिँदै जाँदा अधिकारका आन्दोलनले पुराना सत्ताका राम्रा कुरालाई पनिविस्थापित गर्दै गयो, आत्मसात् गरिएन, जोगाइएन । मुलुकको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्र तहसनहस भयो । अब कृषि क्षेत्रलाई आधुनिकीकरण गरी कृषिक्रान्ति गरी खाद्यान्नमाआत्मनिर्भर बन्नुपर्छ ।
ओलीलाई व्यक्तिगत स्वार्थ छैन । परिवारका कसैलाई कमाइदिनु, भविष्यका लागि धन सम्पत्ति थुपार्नु छैन । आफूसँग भएको धन सम्पत्ति राष्ट्रलाई नै सुम्पने घोषणा गरिसक्नुभएका ओलीले यो ऐतिहासिक अवसरलाई भरपूर उपयोग गरी आम नेपालीलाई सुखी र मुलुक समृद्ध बनाउन कठोर निर्णय गनुपर्ने बेला आएको छ ।
अतःअहिले ओली सबैको आशा र भरोसाको केन्दविन्दु हुनुहुन्छ । उहाँले सही निर्णय र सही काम गर्नुभयो भने मुलुक सप्रिन्छन् गलत गर्नुभयो भने देश पनि डुब्छ उहाँको पनि पतन हुन्छ , राजनेता बन्ने अवसर गुम्छ ।