पोखरा उद्योग वाणिज्य संघमा कोइराला विजयी (को-को विजयी भए पूरा विवरण)

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् ।

अध्यक्षमा विजयी कोइरालाले एक हजार ३७५ मत प्राप्त गरे भने उहाँका प्रतिष्पर्धी विन्दु कोइराला सुवेदीले ९६५ मत प्राप्त गरेकी छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा पवन प्रजापति निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष उद्योगमा गोकर्ण कार्की,उपाध्यक्ष वाणिज्यमा अर्जुन पोखरेल तथा महासचिवमा सुरेन्द्रमान विजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री र कोषाध्यक्षमा बलराम आचार्य निर्वाचित भएका छन्

यसैगरी साधारण सदस्यमा उत्तममान बुद्धाचार्य (१५९७), कुमारी मुना बास्तोला (१६२६), दिनेशचन्द्र सापकोटा (१२८२), देवेन्द्र केसी (१२१४), भरत केसी (१३२३), पवित्रादेवी गुरुङ (१२४१), शोभा गौतम (१७००), सुदनबहादुर कोइराला (१२७९), सुदीप प्रधानाङ्ग (१४१४) र हरिराज पन्त (१३८८) निर्वाचित भए ।
साधारणतर्फ १० सदस्यका लागि १६ जनाको उम्मेदवारी थियो । तीमध्ये निर्वाचित पत्रिवादेवी बिन्दु कोइराला प्यानलकी हुन् । स्वतन्त्र उम्मेदवारी दिएका उत्तममान बुद्धाचार्य र सुदीप प्रधानाङ्ग दुवैले जित हाँसिल गरे ।
२ जना वस्तुगतमा कर्पोरेट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध हुँदा १ औद्योगिक सदस्यतर्फ हीरामणि पण्डित निर्विरोध भएका छन् ।
४ जना वस्तुगत सदस्यतर्फ बालाकृष्ण कोइराला (१८), राजन गोंगजु (१६), बलराम तिमिल्सिना र रुपनारायण भुजेल निर्वाचित भए । तीमध्ये बलराम, रुपनारायण र उदयबहादुर केसीको समान १५ मत परेकोमा गोलाप्रथामा उदयबहादुर पछि परेका हुन् ।