चीनमा पुन: ११५ जना कोरोनाका नयाँ संक्रमित भेटिए

पुस २९, पेचिङ । चीनमा पुनः कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन् । चीनमा कोरोना संक्रमणका थप ११५ ओटा नयाँ घटना बाहिर आएको मंगलवार जानकारी दिइएको छ ।

चीनको नेशनल हेल्थ कमिशनले बुधवार दिएको जानकारीअनुसार चीनमा मंगलवार ११५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १०७ जना चीन भित्रैका नागरिक हुन् ।

 

 

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच शुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम शुरु गरेको जानकारी दिइएको छ ।

बुधवार दिइएको जानकारीमा चिनियाँ स्वास्थ्य अधिकारीहरुले मंगलवार भेटिएका ११५ जना संक्रमितमध्ये १०७ जना स्थानीय स्तरमै आपसमा संक्रमित भएको पाइएको र अरु विदेशबाट आएका हुन् ।

 

चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महीना यतादेखि नै थालेको छ । रासस/सिन्ह्वा