अमेरिकाको संसद् भवनभित्र हमला गर्ने १७० जना पहिचान : एफबीआई

अमेरिकामा अघिल्लो हप्ता संसद् भवनभित्र भएको हमलामा संलग्नमध्ये अहिलेसमम १७० जना पहिचान भएको त्यहाँको गुप्तचर निकाय एफबीआईले जनाएको छ।

उसका अनुसार तीमध्ये ७० जनाविरुद्ध मुद्दासमेत दर्ता गरिसकिएको छ।

 

यसैबीच एफबीआईले संसदमा भएको आक्रमणमा संलग्नलाई आत्मसमर्पण गर्न चेतावनी दिएकाे छ।

बीबीसीका अनुसार एफबीआईले भनेकाे छ- वासिङ्टनबाट भागे पनि हाम्रा एजेन्टहरूले तपाईंलाई फेला पार्नेछन्। एजेन्सी