जो बाइडेनले सार्वजनिक गरे १ दशमलव ९ ट्रिलियनको आर्थिक प्याकेज

अमेरिकाका प्रेसिडेन्ट–इलेक्ट जो बाइडेनले १ दशमलव ९ ट्रिलियन डलरको राहत योजना सार्वजनिक गरेका छन् । कोरोनाले असर गरेको अमेरिकी अर्थतन्त्रलाई अघि बढाउन उनले यो प्याकेज अघि सारेका हुन् ।

 

५ दिनपछि बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् । यदी, संसद्ले उनको योजना पारित गरेमा सबै अमेरिकी परिवारहरुले कुल १ ट्रिलियन डलर पाउनेछन्, जसअन्तर्गत १ हजार ४ सय डलर प्रत्येकको बैङ्क खातामा सिधैं आउनेछ ।

यस राहत प्रस्तावमा ४ सय १५ बिलियन कोरोनासँग जुध्न र ४ सय ४० बिलियन डलर साना व्यवसायका लागि छुट्टयाइएको छ । अमेरिका ३ लाख ८५ हजारको ज्यान लिने कोरोना महामारीलाई परास्त गरेरै छाड्ने घोषणा बाइडेनले गरेका थिए । गत वर्ष नोभेम्बरमा सम्पन्न निर्वाचनताका ट्रम्पभन्दा राम्रोसँग कोरोना व्यवस्थापन गर्ने वाचा उनले गरेका थिए ।

 

अमेरिकामा कोरोना भाइरस महामारीका कारण जनजीवन निकै प्रभावित भएको छ । यहाँ दैनिक रुपमा २ हजारभन्दा धेरैभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिइरहेको छ । त्यस्तै, दैनिक झन्डै ४ हजारको हाराहारीमा मृत्यु भइसकेको छ । अमेरिका कुल २ करोड ३८ लाखभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ ।एजेन्सी