नेपाली काँग्रेस पाेखरा १२ को विराेध प्रदर्शन

पोखरा ८ माघ ।

प्रतिनिधि सभा विघटनविरुद्व नेपाली कांग्रेसले बिहीबार देशभर प्रदर्शन गरेको छ । कांग्रेसले देशभरका ७ सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गरेको हो ।

यसैबीच, कास्की कांग्रेसले जिल्लाका ५ पालिकाका कुल ७२ वटा वडामा प्रदर्शन गरेको छ । पोखराका ३३ सहित मादी १२, रुपा ७, अन्नपूर्ण ११ र माछापुच्छे« गाउँपालिकाका ९ वटै वडामा प्रदर्शन गरिएको छ ।

पोखरा महानगरपालिका वडा इकाइ १२ ले विरोधसभा गरेको छ । कार्यक्रममा प्रमुख अथिती निर्वाचन क्षेत्र नम्बर-१ प्रदेश सभा (ख) का सभापति  कृष्ण कोइरालाले कम्युनिष्ट सरकारले प्रजातन्त्र धरापमा राखेको आरोप लगाउदै नेपाली जनताकाे सच्चा पार्टी नेपाली कांग्रेस रहेकाे बताउदै कोइरालाले लोकतन्त्रको मर्ममाथि प्रहार गर्ने छुट कसैलाई नभएको बताए ।

कार्यक्रममा पाेखरा महानगरपालिका १२ का वडा अध्यक्ष राम बहादुर कार्की नेपाली काग्रेसका क्रियासील सदस्य बल बहादुर कार्की लगाएतले ओलीले असंवैधानिक कदम चालेको उल्लेख गर्दै तुरुन्तै सच्चाउनुपर्ने धारणा राखे ।

नेपाली कांग्रेस १२ का उप-सभापति गोबिन्द बहादुर रानामगरकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे सन्चालन इकाई सचिव रामजी प्र.बास्तोलाले गरेका थिए  । बिरोध कार्यक्रम गुम्बाफेदीमा जम्मा भइ पुरानो धारासम्म सयौंको संख्यामा रैयाली गरि सितलादेवी  मन्दिरकाे प्राङ्णमा सभा सम्पन्न भएकाे थियाे ।