भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण
By Manohari Paudel
८ माघ २०७७, बिहीबार १५:३६

काठमाडौँ, माघ ८ गते । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । “आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकामा कृतज्ञता ज्ञापन गर्दछु”, उहाँले भन्नुभयो ।
निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताउनुभयो ।रासस
सम्बन्धित शीर्षकहरु

सरकारसँग वार्ता गर्न विप्लव समूहले बनायो दुई सदस्यीय वार्ता टोली १८ फाल्गुन २०७७, मंगलवार १६:०१

ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार १८ फाल्गुन २०७७, मंगलवार १५:५१

उद्योग वाणिज्य संघको कार्यसमितिलाई पोखरा ४ को स्वागत तथा बधाई १८ फाल्गुन २०७७, मंगलवार १५:४८

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो १७ फाल्गुन २०७७, सोमबार १६:०८

महाभियोगबाट मुक्तिपछि ट्रम्पको पहिलो भाषण, बाइडेनले ‘अमेरिका फर्स्ट’ नीतिलाई ‘अमेरिका लास्ट’ बनाएको आरोप १७ फाल्गुन २०७७, सोमबार १५:४८

विसं २०७८ मा तीनवटा दशैँ १७ फाल्गुन २०७७, सोमबार १५:३८

नेपालमा संकटकाल नै विकल्प
१८ फाल्गुन २०७७, मंगलवार १६:१४
सरकारसँग वार्ता गर्न विप्लव समूहले बनायो दुई सदस्यीय वार्ता टोली
१८ फाल्गुन २०७७, मंगलवार १६:०१
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार
१८ फाल्गुन २०७७, मंगलवार १५:५१
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार ८ माघ २०७७, बिहीबार १५:३६
वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड..

महाभियोगबाट मुक्तिपछि ट्रम्पको पहिलो भाषण, बाइडेनले ‘अमेरिका फर्स्ट’ नीतिलाई ‘अमेरिका लास्ट’ बनाएको आरोप ८ माघ २०७७, बिहीबार १५:३६
