जीवी चिरन र आलिशाको अभिनयमा गायक भिम चापागाँईको ‘हुन्छ-हुँदैन’ सार्वजनिक (भिडियो)

जीवी चिरन र आलिशाको अभिनयमा गायक भिम चापागाँईको ‘हुन्छ-हुँदैन’ सार्वजनिक (भिडियो)

गायक भिम चापागाईंको नयाँ गीत ‘हुन्छ हुँदैन’ सार्वजनिक भएको छ । साहित्यकार तथा संचारकर्मी डा. नवराज लम्सालको शब्द र दिल्ली प्रसाईको संगीत रहेको यो गीत यूटुव मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

मनोहर सुनामको संगीत संयोजन रहेको यस गीतमा प्रेमको गहिराई अभिव्यक्त छ । सुन्दर मेलोडीमा सरल र मिठा शब्दको प्रयोग यस गीतमाथी निर्माण भिडियोमा पछिल्लो समय लोकप्रिय छवि बनाएका जीबी चिरन (चिरञ्जिवी सापकोटा) र आलिशा बास्तोलाको मुख्य भूमिकामा अभिनय रहेको छ भने वाल कलाकारका रुपमा सचिन चापागाईं र निनु तिमिल्सिनाको अभिनय देख्न सकिन्छ ।

प्रकाश धितालको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा कोरियोग्राफी केशवराज भट्टको रहेको छ । आकर्षक दृश्यहरु कैद यस भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालको रहेको छ ।