खरानिको डल्ला र छेपारो:एउटै।

-सोमनाथ घिमिरे, न्युयोर्क

वलीको उखान टुक्का, जोक्सकै खेल
तिन बर्ष समय, समय को जुवा खेल
नेपालमा न आयो ग्यास, न आयो रेल
भयो ३ करोड जनता प्रति जालझेल।

दुई तिहाई भएको संसदमा मेल
साम्यवाद हरुको भकुण्डो खेल,
न भयो उत्तर या दक्षिण नै गोल?
सब खरानिकै डल्लाको खेल।

कहिल्यै नबिर्स गोर्खा-चितवनकै खेल
खादैन हसिया-हथौडा र रुखको मेल
किन चेत्दैनौं अझै, छेपारोकै हो खेल
बनाऔं रुखलाई दह्रो, हाल्दै मल र जल।