उद्योग वाणिज्य संघको कार्यसमितिलाई पोखरा ४ को स्वागत तथा बधाई

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ४ ले पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको छ ।
मंगलबार एक कार्यक्रमको आयोजनागरि नव निर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, वडाध्यक्ष शंकर प्रसाद बास्तोला, वडा सदस्यहरुले अविर तथा माला लगाएर स्वागत गरेको हो । कार्यक्रममा मेयर जिसीले विकाशका लागि व्यापारिक घरनासँगै त्यसका सञ्चालकहरुसँग सहकार्य गर्नु अपरिहार्य रहेको बताए ।पोखरा नगर क्षेत्रमा उत्पादन भएका बस्तुहरुलाई माकसरी प्रवद्र्धन गर्ने भन्ने कुरामा महानगर र वाणिज्य संघ बसेर छलफल गर्नुपर्ने उनको धारणा थियो । व्यावसायलाई कसरी प्रविधी मैत्री बनाउने भन्नेतिर सोच्ने बेला आएको धारणा राखे ।

पोखरा ४ का वडाध्यक्ष शंकर प्रसाद बास्तोलाले व्यावसायमा पार्किङको समस्या रहेको हुनाले उद्योग वाणिज्य संघले सहजीकरण गर्नुपर्ने बताए। महानगरवासी र व्यावसायीको हकहितकालागि पोखरा ४ ले विशेष भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ छ । महानगरले फोहरलाई मोहरमा बदल्ने नितिलिएको हुँदा व्यावसायबाट निस्केको फोहरलाई सहि तरिकाले सदुपयोग गर्नुपर्ने उनको धारणा थियो ।

फुटपाथ व्यापारीको व्यवस्थापनका लागि पनि नगरपालिकाका प्रमुखको नेतृत्वमा वडा नम्बर ४ अग्रसर हुने उनको प्रतिवद्धता थियो । व्यावसायिक कर, घरभाडा कर लगायत करको विषयमा वडासँग सहकार्य गरेर अगाडि बढाउन आग्रह गरे । व्यावसायको सुरक्षाका लागि सिसिटिभि जडान गरेर जिल्ला प्रहरी कार्यालयको पहलमा काम भईरहेको उनले बताए ।
सम्मान पछि बोल्दै पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचितअध्यक्ष नारायण कोइरालाले व्यावसायीको हकहितका लागि पोखरा महानगरसँग हरेक कार्यक्रममा सहकार्य गर्दै जाने बताए ।पोखरा महानगरले पनि उद्योगी व्यावसायीका समस्या समाधानमा लचिलो भएर काम गरिदिन उनले आग्रह गरे । उद्योगी व्यावसायीहरुको धेरै समस्या रहेको हुनाले महानगरले गरेर हुने ठाँउमा जति सक्दो छिटो काम गरिदिने उनको विश्वास छ ।
वडा सदस्य पुष्करबहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा वडा सचिव रामबहादुर खत्रीले सन्चालन गरेका थिए ।