अमेरिका-मेक्सिको सिमानामा सवारी दुर्घटना, १३ जनाको मृत्यु

वासिङटन: अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा बुधबार भएको एक सवारी दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

उनीहरुमध्ये १० जना मेक्सिकन नागरिक नै थिए । मेक्सिको सीमा नजिकै दक्षिणी क्यालिफोर्निया सडकमा ट्र्याक्टर र ट्रेलर आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

 

अमेरिकी अध्यागमन र भन्सार कार्यालयले उक्त दुर्घटनामा मानव तस्करी पनि थियो कि भनेर अनुसन्धान गरिरहेका छन् । यस क्षेत्रबाट यसअघि मानव तस्करी पनि हुने गरेका घटना छन् ।

 

निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोबाट अवैध रुपमा अमेरिका आउनेहरुका कारण ठूलो समस्या निम्तिने भएकाले सिमानामा पर्खाल लगाउने योजना बनाएका थिए । २०१६ को चुनावमा चुनावी नारा नै बनेको मेक्सिकोको सिमानामा पर्खाल लगाउने ट्रम्पको कुरा निकै विवादित पनि बनेको थियो ।एजेन्सी