शिव बाँनियाद्धारा न्युयोर्क च्याप्टर अध्यक्षको लागी उम्मेदवारी

नेपालय
न्युयोर्क
एनआरएनए अमेरिकाको निर्वाचन नजिकै आइरहेको अबस्धामा यति बेला अमेरिकामा एनआरएनएको निर्वाचनको चहलपहल सुरु भएको छ ।

एनआरएनए अमेरिकाको न्युयोर्कमा लामो समय देखी बसोबास गर्दे आएका वर्तमान एनआरएनए न्युयोर्क च्याप्टरका उपाध्यक्ष शिव बानिया आगामी निर्वाचनका लागी न्युयोर्क च्याप्टरका लागी अध्यक्षका लागी उम्मेदवारी दिने भएका छन् ।

न्युयोर्क च्याप्टरमा रहेर पनि कोरोनाको समयमा उल्लेख्य काम गर्नुका साथै अन्य सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेका बानियाँ न्युयोर्कमा नेपालीहरूको दुःख सुखमा साथ दिँदै आएका छन् ।
उनको सामाजिक भावनाका कारण पनि अमेरिकामा मात्र नभई नेपालमा भएका दैबीप्रकोप बाट पीडितहरूलाई सायता रकम सङ्कलन गरी सहयोग गर्ने कुरामा होस या अन्य कार्यमा पनि उतिकै सक्रिय रूपमा लागी पर्ने व्यक्तिको रूपमा पनि आफूलाई स्थापित गरेका छन् । न्युयोर्कमा रहेका अन्य सामाजिक सघंसस्धा लगायत कस्केली समाज अमेरिकाको उप संयोजक को रूपमा पनि कार्य गर्दे आएका छन् ।

मन देखी नै सामाजिक कार्यमा लाग्छु भन्ने भावना बोकेका शिव बाँनियाले यदि आफू एनआरएनएको न्युयोर्क च्याप्टरको अध्यक्षमा निर्वाचित भएमा सामाजिक भवन बनाउन पहल देखी आकस्मिक फन्ड को स्थापनका लागी पर्ने समेत बताएका छन् ।

एक दशक देखी न्युयोर्कमा बसोबास गरेका शिव बानिया जनसम्पर्क समिति ,कस्केली समाज अमेरिका र एनआरएनए न्युयोर्क च्याप्टर लगायतमा काम गरेका कारण पनि आगामी निर्वाचनका लागी न्युयोर्क च्याप्टरका लगी बलियो उम्मेदवारिको रूपमा लिएको पाईन्छ ।

शिव बानिया को हुन र उनका योजनाहरू के के छन् ।

एनआरएनए न्यूयोर्क च्याप्टरमा काम गरिसकेकोले म यस समुदायका लागी म नौलो छैन र मेरो कामको शैलीसॅंग पनि यहाँहरू परिचित नै हुनुहुन्छ।तर संस्थाको नेतृत्वको भूमिकामा नै आउन खोज्दा उक्त व्यक्तिको बारेमा विभिन्न जिज्ञासा उठ्नु स्वाभाविक नै हो। त्यसैले सर्वप्रथम म यहाँहरू समक्ष आफ्नो पूर्ण परिचय प्रस्तुत गर्न चाहन्छु ।
मेरो नाम शिव बानिया हो । मेरो जन्म वि सं २०३६ मा पोखराको साबिक पोखरा महानगर पालीका वडा नं १८ मा पर्छ।मैले सराङकोट,कास्की आफ्नै जन्मस्थान र बाकी शिक्षा मैले पृथ्वीनारायण क्याम्पस पोखरामा अध्यापन गरेँ ।
नेपालदेखि नै विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय भएर लागी रहे।करिब एक दशक अगाडि अमेरिका आएपछि पनि सामाजिक कार्यमा क्रियाशील नै रहिआएको छु । यसै क्रममा मैले आदरणीय दाजु विश्व बास्तोलाज्यूको नेतृत्वमा जन सम्पर्क समिति लन आयलंड च्याप्टरको कोषाध्यक्ष भएर २०१४ देखी काम गरे। सयै बिच कास्की समाज अमेरिकाको पनि उपाध्यक्षको रूपमा काम गरिसकेको छु।एन २०१९(२०२१ को कार्यसमितिमा म हाल उपाध्यक्ष पदमा कार्यरत छु। म अमेरिकाको न्यूयोर्क मा सन २००९ देखी बस्दै आएको छु।मेरा परिवारमा बाबा,आमा,श्रीमती, दूई छोरी र बहीनी छन्।परिवार हाल नेपालमा छन्।
आगामी दिनमा एनआरएनए न्यूयोर्क च्याप्टर मार्फत निम्नलिखित कार्यहरू सम्पन्न गर्नको लागि सक्षम नेतृत्व चयन गर्न आवश्यक देखिएकोले म मैदानमा उत्रेको हुँ।

१)समाज घर बनाउन सहकार्य र पहल गर्ने।
२)हाम्रो नेपाली भाषा सिकाउनको लागि यहाँका स्कूलहरुमा नेपाली विषयको पढाइ गराउन पहल गर्ने ।
३)नेपाली यूथ (Youth)हरूको लागि आवश्यक अनूसार खेलकूदमा पहल गर्ने।
४)नेपाली समुदायमा भइपरी आउने समस्याहरुलाई समाधान गर्ने।
५)दोहोरो नागरीकता का लागी पहल गर्ने ।
६)सम्पूर्ण स्थानीय संघ संगठनहरुसॅंग सहकार्य गर्ने ।    
 ७)नेपालका लागी पर्यटक प्रबधनका लागी पहल गर्ने।
८)ईमर्जेसी फन्डको लागी पहल गर्ने।
यहॉहरूको अमूल्य सुझावको अपेक्षा सहित,
         
       शिवबानिया
अध्यक्ष पदको प्रत्यासी
एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर।